काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।
Advertisement
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत अध्यक्ष गैरेको बिहीबार निधन भएको संघका महासचिव सुजित कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष गैरेलाई ९ दिन अगाडि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उहाँलाई केएमसी अस्पताल भर्ना गरिएको थियो ।
स्वास्थ्य अवस्था झनै बिग्रिँदै गएपछि बुधबार रातिबाट उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । गैरे केही समय अगाडि नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा समेत निर्वाचित हुनुभएको हो ।