काठमाडौं । काठमाडौं उपत्यकामा गएको २४ घण्टामा ४ हजार एक सय जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौंमा ३ हजार ८९, ललितपुरमा ६४३ र भक्तपुरमा ३७४ गरी उपत्यकामा ४ हजार एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
Advertisement
यस्तै, काठमाडौंमा २५ हजार ९४० जना सक्रिय संक्रमित छने भने ललितपुरमा ५ हजार ४२९ र भक्तपुरमा ३ हजार २५२ रहेको मन्त्रालयले जनाएको छ । यो सहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ३४ हजार ६२१ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना ९१९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५० जनाको मृत्यु भएको छ ।
