काठमाडौं । तिहारका अवसरमा नेपाल टेलिकमका जिएसएम मोबाईल प्रयोगकर्ताले एसएमएसमार्फत लाखौं शुभकामना आदान प्रदान गरेका छन् । तिहारको चार दिनमा मात्रै ७० लाख वटा एसएमएस आदान–प्रदान भएको छ ।
तिहारको ४ दिन ९ देखि १३ गते ७० लाख एसएमएस आदान प्रदान भएको टेलिकमले जनाएको छ । दशैँमा १ करोड २८ लाख एसएमएस भएको थियो । टेलिकमका अनुसार दशैं र तिहारमा गरी २ करोडभन्दा बढी एसएमएस आदान प्रदान भएको छ ।
दशैँमा आफन्त साथीभाई इष्टमित्र लगायतलाई एसएमएस मार्फत शुभकामना आदान प्रदान हुने गर्छ। यसरी एसएमएस मार्फत शुभकामना पठाउने प्रचलन बढिरहेको छ । ग्राहकको संख्यामा आएको बृद्धिसँगै एसएमएस प्रयोगमा बृद्धि भएको हो ।
साथै कम्पनीले चाडपर्वहरुमा उपलब्ध गराउने बिभिन्न सस्ता प्याकेजहरुको कारणले पनि एसएमएस गर्नेको संख्या बढि भएको हो । सामाजिक सञ्जालको प्रयोग बढे पनि एसएमएसको क्रेज घटेको छैन ।