काठमाडौं । गएको २४ घण्टामा नेपालमा ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
Advertisement
२१ हजार १४२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् । २० हजार ३६७ पीसीआर परीक्षणबाट ८ हजार ९७० तथा ७७५ एन्टिजेन परीक्षण गर्दा एक सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, आज २ हजार ७०७ जना निको भएका छन् । आज ५४ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै मृतकको संख्या ३ हजार ५२९ पुगेको छ ।