काठमाडौं । कोरोना संक्रमितको उपचारमा निजी अस्पतालले मनपर्दी शुल्क अशुल गरिरहेको खबर सार्वजनिक भएपछि सरकारले तोके भन्दाबढी शुल्क लिनेलाई कारवाही गर्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सूचना प्रकाशित गरी निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा धेरै शुल्क लिए कारवाही गर्ने चेतावनी दिएको छ।
महामारीको संकटमा एक अर्काले सेवाभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ। अनावश्यक शुल्क लिने लगायत गैह्र कानुनी गतिविधि नगर्न मन्त्रालयले चेतावनी दिएको छ ।
यस्ता गतिविधि गरेको थाहा भएमा मन्त्रालय र स्थानीय प्रशासनमा जानकारी गराउनसमेत स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । यस किसिमका गतिविधिको मन्त्रालयले नियमित अनुगमन गरिरहेको र त्यस्तो पाइएमा कडा कारवाही गर्ने चेतावनी पनि मन्त्रालयले दिएको छ।
यो पनिः
महामारीमा निजी अस्पतालको ब्रम्हलुट, दैनिक ५० हजार रुपैयाँसम्म असुली
