काठमाडौं । गएको २४ घण्टामा नेपालमा ८ हजार ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ६०५ जना र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जना गरी ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको हो ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ८३५ संक्रमित थपिएको जानकारी दिएको छ ।
आज ५८ जना संक्रमितको निधन भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ६६ हजार ३५२ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ रहेको छ । आज एक हजार ९९३ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।