• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

थप कडाइ गर्नेगरी उपत्यकामा एक साता निषेधाज्ञा थप


  •   मङ्गलबार, बैशाख २१, २०७८ मा प्रकाशित
  • नारायण ढुङ्गाना, काठमाडौं ।
    कोभिड–१९ सङ्क्रमण जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौँ उपत्यकामा थप कडाइ गर्नेगरी निषेधको आदेश एक साता थप गर्ने निर्णय गरिएको छ । यसअघि वैशाख १६ देखि २२ ९बुधबार राति १२ बजे० सम्मका लागि निषेधको आदेश जारी भएकामा आज उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप कडाइ गर्दै निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो ।

    Advertisement

    काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीले केही कडाइ गर्ने गरी वैशाख २९ गते राति १२ बजेसम्मका लागि उक्त आदेश थप गरिएको जानकारी दिनुभयो । यसअघिको आदेशमा खाद्यान्नलगायत अत्यावश्यक सामग्री खरीदबिक्रीका लागि बिहान र बेलुका समय तोकेर खुला गरिएकामा अब थपिएका समयमा भने बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।

    नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरी केही कडाइ गरिएको जनाइएको छ । यसपालिको निषेधाज्ञाको कार्यान्वयन तह फितलो भएको गुनासो बढिरहेको छ ।

    सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रजिअले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ । सोही अधिकार प्रयोग गरी आज जारी आदेशानुसार फुटपाथ, खुला ठाउँ, ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार÷व्यवसाय एवं कवाडी सङ्कलनमा समेत रोक लगाइएको छ । यसअघि यस्ता पसल निर्बाध रुपमा सञ्चालन भएको थियो । आदेशमा उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्य रुपमा १० दिनको क्वारेन्टिनमा राख्ने प्रतिबद्धतासहितको सिफारिशका आधारमा गन्तव्यस्थलमा जान दिने भनिएको छ ।

    सूचना विभागको पास नभएका पत्रकारको विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाएर मात्रै काममा खटिने व्यवस्था गरिएको छ ।

    सभासम्मेलन
    आदेशमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकूद सञ्चालन गर्न पाइने छैन । यस्तै मानिसको भीडभाड हुने सबै प्रकारका कार्यक्रमसमेत सञ्चालन गर्न नपाइने काठमाडौँ प्रशासनले जनाएको छ ।

    आवतजावत
    सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन । अत्यावश्यक काममा निस्किँदा पनि दुई व्यक्तिबीच कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्ने छ । अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, पटकपटक साबुन पानीले हात धुन र सेनिटाइजरको प्रयोग गर्न आदेशमा भनिएको छ ।

    सवारी साधन सञ्चालन
    सार्वजनिक एवं निजी सवारी साधन वैशाख २९ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा ९बढीमा दुई० बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन उपत्यका प्रवेशमा रोक लगाइएको छ ।

    अत्यावश्यक सेवा एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको पोका, कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्यास, दूरसञ्चार इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला व्यवस्थापन सरसफाइमा प्रयोग हुने साबुन, स्यानिटाइजर, कुरियर तथा डाँक सेवा, प्रिन्ट तथा सरकारी छापाखानालगायत ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।

    अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, बीमालगायत कार्यालयले एक चौथाइ कर्मचारी उपस्थित हुने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको छ । सरकारी कार्यालयका हकमा मन्त्रालयका सचिव वा विभागीय प्रमुखद्वारा जारी गरिएको पास र परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने छ । सार्वजनिक संस्थाका हकमा सम्बन्धित प्रमुखले जारी गरेको पास र परिचयपत्र अनिवार्य हुनुपर्ने छ । बैँक तथा वित्तीय संस्थाका हकमा काठमाडौँ उपत्यकामा २५ प्रतिशत शाखा कार्यालय मात्र खुला गर्ने र केन्द्रीय कार्यालयले २० प्रतिशतमात्रै जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्नुपर्ने छ ।

    बैँक तथा वित्तीय संस्थाका सवारी साधन सञ्चालनका हकमा सीमित सवारी पास जारी गरी सोको विवरण नेपाल राष्ट्र बैंँक र जिल्ला प्रशासन कार्यालयलाई दिन भनिएको छ ।

    विकासनिर्माणका सम्बन्धमा सम्बन्धित आयोजनाले नै आवासीय कामदार राखी अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गरी कार्य सञ्चालन गर्ने गराउने र निर्माण सामग्री ढुवानीमा राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्र आवतजावत गर्न पाइने छ ।

    अन्तराष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, राहदानी र प्रवेशाज्ञा हुनेलाई सीधै विमानस्थल जाने सवारी साधनका हकमा सहजीकरण गरिने छ । यीबाहेकका अन्य अत्यावश्यक काम ९अस्पताल आउने जाने बिरामी, कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रुपमा उपस्थित हुनुपर्नेको हक० मा सवारी साधन प्रयोग गर्नुपर्ने भएमा प्रजिअबाट अनुमति पास लिनुपर्ने जनाइएको छ । औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा सञ्चालन गर्न पाइने छ ।

    अत्यावश्यक खाद्य सामग्री
    अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्टल स्टोर (खाद्य सामग्री बिक्री गर्ने मात्र) भने बिहान ९ बजेसम्म मात्र खुला गर्न पाइने छ । यसअघि बिहान १० बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म खुला गर्न पाइने व्यवस्था थियो । स्थानीय ढुवानीका हकमा बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।

    खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने छ ।

    विवाह ब्रतबन्ध र पूजा
    विवाह व्रतबन्धका हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्नेगरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्रै आवतजावत गर्न पाइने छ । नित्य पूजाबाहेक सबै धार्मिक, सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाइने छैन ।

    अन्य विविध गतिविधि
    पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवतजावतमा सहजीकरण गरिने जनाइएको छ । सूचना विभागको प्रेस पास नभएका अवस्थामा सञ्चारगृहले न्यूनतम कर्मचारी मात्र खटाउने र सोको विवरण जिप्रकामा उपलब्ध गराउने गरी कडाइ गरिएको छ । यसअघि पत्रकार परिचयपत्रका आधारमा आवतजावतमा सहजीकरण गरिएको थियो ।
    नीलो प्लेटका सवारी साधनका हकमा भने परिचयवाहक पदाधिकारी र कर्मचारीलाई सवारी पास नपर्ने जनाइएको छ । प्रिन्टिङ प्रेसमा काम गर्ने, सुरक्षा सम्बद्ध कर्मचारी, तथा औषधि आपूर्ति गर्ने परिचयपत्रवाहक व्यक्तिका हकमा सम्बद्ध निकाय तथा आपूर्तिकर्ताको अनुमतिपत्र भए सवारी पास चाहिने छैन ।

    फुटपाथ तथा खुला ठाउँमा तथा ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार व्यवसाय एवं कवाडी सङ्कलनमा भने रोक लगाइएको छ । उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्य रुपमा १० दिनको क्वारेन्टिनमा राख्ने प्रतिबद्धतासहितको सिफारिसका आधारमा गन्तव्यस्थलमा जान दिने आदेशमा भनिएको छ । यसअघि जारी भएका सबै पास भने खारेज गरिएको छ ।
    ­­­

    मङ्गलबार, बैशाख २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.