• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

युएई र कतारमा मनाइयो अन्तर्राष्ट्रिय मजदुर दिवस


  •   सोमबार, बैशाख २०, २०७८ मा प्रकाशित
  • केपि बिरही (युएई), रामप्रसाद पराजुली (कतार) ।
    वैदेशिक रोजगारीको शिलाशिलामा विभिन्न देशमा पुगेका नेपालीहरुले अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको समाचार प्राप्त भएको छ । मे १ अर्थात् वैशाख १८ गते नेपालीहरुले १३२ औँ श्रमिक दिवस विविध कार्यक्रम गरी मनाएका छन् ।

    Advertisement

    ढिलो गरी प्राप्त समाचार अनुसार युएई नेपाली एकता समाज र कतार नेपाली एकता समाजले छुट्टाछुट्टै रुपमा भर्चुअल माध्यमबाट श्रमिक दिवस मनाएका छन् । त्यस क्रममा समाजका नेताहरुले मजदुर दिवसको महत्व, देशको अवस्था तथा श्रमजिवी वर्गको भूमिका लगायतका विषयमा आफ्ना धारणा राखेका थिए ।

    युएई
    युएई नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा मनाइएको अजदुर दिवसको भर्चुअल कार्यक्रममा समाजका वरिष्ठ सल्लाहकार लेखनाथ अधिकारीले मे दिवसको शुभकामना दिँदै मजदुर दिवसको महत्वमाथि प्रकाश पार्नुभएको थियो । मजदुरहरुको संघर्ष पूँजिपती दलाल र नोकरशाहहरुसँग हुने भएकोले यिनिहरु लागाएत यिनका आशे पाशेहरु पनि मजदुरहरुका मित्र हुन नसक्ने भन्दै मजदुरले सबभन्दा पहिला आफ्नो मित्र र दुश्मन छुट्टाउनु जरुरी हुन्छ भन्नुभयो ।

    साथै उहाँले देशको राष्ट्रिय राजनीतिको चर्चा गर्दै पूँजिवादको चरम रुप साम्राज्यवाद भएकोले उसका नीति तथा कार्यक्रम लिएर संसद भवन छिर्ने कुनै पनि शक्ति मजदुर हरुको मित्र हुन सक्दैन र देशभक्त हुन नसक्ने ठोकुवा गर्नुभयो ।

    कार्यक्रममा विशेष अतिथि महिला विभाग केन्द्रीय समितिकि अध्यक्ष बिनु केसी तथा अन्य अतिथिहरु समाजका केन्द्रीय सदस्य चुडामणी शर्मा, केन्द्रीय सदस्य तथा रक्तिम विभाग इन्चार्ज राम अविरल, दुबई क्षेत्रीय समितिबाट दुर्गा नेपाली चेली, आबुधाबी क्षेत्रीय समितिबाट अर्जुन खनाल, रक्तिम विभागबाट मिना घिमिरे, महिला विभाग दुबई क्षेत्रबाट अध्यक्ष शान्ता बेलबासे, महिला विभाग आबुधाबी क्षेत्रबाट अध्यक्ष खिममाया तिवारी, सीता थापा, सावित्रा घर्ती क्षेत्रीले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो।

    समाजका कार्यवाहक अध्यक्ष दिनेश थापाको अध्यक्षता तथा महासचिव टिकाराम नेपालीको सन्चालनमा आघी बढेको उक्त कार्यक्रममा सचिव केपि विरहीले स्वागत गर्नुभएको थियो ।

    कतार
    कतार नेपाली एकता समाजले पनि भर्चुअल माध्यमबाटै अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ ।

    कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुनले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको लागि १ सय ३२ वर्षअघि अमेरिकी शहर शिकागोमा भएको मजदुर आन्दोलन सफल भएको दिनलाई सम्झँदै हरेक वर्ष मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउदै आएको बताउनुभयो । उहाँले यसको महत्वबारे स्पष्ट पार्दै विश्व मजदूर दिवसका अवसरमा मानव समाजको सुरुवातदेखि स्वतन्त्रता मानवअधिकार विधिको शासन र लोकतन्त्रका लागि भएका थुप्रै संघर्ष मध्ये मजदूर आन्दोलनको विशेष महत्व राख्ने बताउनुभयो ।

    समाजका अध्यक्ष बिष्णु थापाले मजदुरको प्रतिनिधित्व, सामाजिक सुरक्षाको व्यवस्था र श्रम कानुन सुधार लगायतका संविधानमै महिला, आदिवासी जनजाति, दलित र पिछडिएका वर्ग जस्तै मजदुर वर्गको पनि समान प्रतिनिधित्व हुनुपर्नेमा माग गर्नुभयो । उहाँले मजदुरहरूले स्वच्छ श्रम सम्बन्ध र सामाजिक सुरक्षाका लागि पनि आवाज उठाउनु पर्नेमा जोड दिनु भएको थियो ।

    कार्यक्रममा समाजका उपाध्यक्ष अमिना खान, महिला संयोजक जानुका बस्नेत, बुद्धिजिवी विभागका संयोजक हरिप्रसाद शर्मा, रक्तिम विभागका अध्यक्ष बलदेब राना, केन्द्रीय सदस्यका थम्मन पुन, हुमाकान्त आचार्य, अल्खोर एरिया समितिका अध्यक्ष दिपेश भन्डारी, सनैया ‘सि एरिया समितिका अध्यक्ष भुपेन्द्र चन्द, सनैया ‘डि’ एरिया समितिका अध्यक्ष टेकराज थापा, सलाता एरियाका अध्यक्ष मिनबहादुर विक, दोहा एरिया समिति अध्यक्ष गिरी काउछा, पत्रकार उदब मगरलगायतको आतिथ्यता रहेको थियो ।

    समाजका सचिव रामप्रसाद पराजुलीको सन्चालन तथा कार्यबाहक अध्यक्ष खिम बुढाको अध्यक्षता बाट सुरु भएको कार्यक्रममा कोषाध्यक्ष लक्ष्मण कोईरालाले स्वागत गर्नु भएको थियो ।

     

    सोमबार, बैशाख २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.