काठमाडौं । गएको २४ घण्टामा नेपालमा सात हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार १४७ जनामा पीसीआर परीक्षण गर्दा ७ हजार १३७ जनामा र ६२३ जनाको एन्टिजेन परीक्षण गर्दा ७४ जना गरी ७ हजार २११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Advertisement
यस्तै, काठमाडौं उपत्यकामा ३ हजार ५९५ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा २७ सय ४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा संक्रमण पुष्टि भएको छ ।
आज कोरोना संक्रमणका कारण २७ जनाको ज्यान गएको छ । यस्तै आज एक हजार ६१२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको प्रतिशत ८४.५१ मा झरेको छ । आज ४७७ जना आईसीयूमा उपचाररत रहेकोमा १७१ जना भेन्टिलेटरमा छन् ।