काठमाडौं । गएको २४ घण्टामा नेपालमा चार हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ५९७ जनाको पीसीआर परीक्षण गर्दा चार हजार ८३१ र ९६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको हो ।
Advertisement
यस्तै, आज कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमण फैलन सुरु गरेपछि एक दिनमा मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३५ जनाको ज्यान गएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या तीन हजार २४६ पुगेको छ ।