काठमाडौं । गएको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ९६६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जनामा संक्रमण पुष्टि भएको छ।
Advertisement
हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ। यससँगै मृतकको संख्या ३ हजार १९४ पुगेको छ भने कूल संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ।
यस्तै, निको हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ।