हरिप्रसाद सापकोटा, बारा ।
राष्ट्रिय जनमोर्चा बारा जिल्ला उपाध्यक्ष तथा अखिल नेपाल महिला सङ्घकी जिल्ला उपाध्यक्षलाई पितृशोक परेको छ । उपाध्यक्ष बालकृष्णका बुबा तथा देवी आचार्यकी ससुरा गङ्गादत्त पाध्य आचार्यको ८१ वर्षको उमेरमा २०७८ वैशाख १ गते निधन भएको हो ।
स्वर्गीय पाध्याको मृत्युको तेह्रौँ दिनमा राजमो बारा जिल्ला समितिले उहाँको सम्झनामा २०७८ वैशाख १४ गते श्रद्वाञ्जली कार्यक्रम गरेको छ । श्रद्वाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै राजमोका वैकल्पिक केन्द्रीय सदस्य धर्मानन्द सुवेदी, नेकपा (मसाल) का जिल्ला जिल्ला प्रवक्ता रमेश भट्टराई र एकारत्न आचार्यले श्रद्वाञ्जली अर्पण गर्नुभएको थियो ।
राजमो जिल्ला सदस्य काशिराम पाध्याको अध्यक्षता तथा सचिव जीवनकुमार भट्टराईको सञ्चालन रहेको थियो । चार छोरा र दुई छोरी रहेका आचार्य बागलुङ जिल्लाको जैमनी नगरपालिकाबाट बसाइँ सरेर हाल बारा जिल्लाको जितपुर सिमरा २० रेडक्रस टोलमा बस्दै आउनुभएको थियो ।