खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चीमोत्तर क्षेत्रको रोपड नगर समितिका अध्यक्ष एवम् संस्थापक मनिराम सापकोटालाई प्रवासबाट विदाइ गरिएको छ । सन् १९९० देखि मूल प्रवाहको सदस्य रहेका सापकोटा थर्मल प्लान्ट रोपडको रोजगारीबाट स्वैच्छिक सेवानिवृत भएपछि मूल प्रवाहले प्रवासबाट विदाइ गरेको हो ।
सापकोटालाई मूल प्रवाहका केन्द्रीय सदस्य एवम् सुदूरपश्चीमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले एक कार्यक्रबीच दोसल्ला ओढाएर मायाको चिन्ह प्रदान गरी सम्मानसहित विदाइ गर्नुभएको हो ।
कार्यक्रममा सापकोटालाई वधाइ एवम् शुभकामना दिनेहरुमा मूल प्रवाह महिला क्षेत्रीय विभागकी अध्यक्ष सिता सापकोटा, क्षेत्रीय सदस्य शिवलाल लामिछाने, मन्जु थापा, कलाधर सापकोटा, लक्ष्मी गुरुङलगाएत हुनुहुन्थ्यो ।
विदाइ समारोह नगर सचिव् बिष्प्णु गुरुङको सञ्चालन तथा नगर कावा अध्यक्ष दयाराम लामिछानेको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।
बाग्लुङको जैमिनी नगरपालिका–१, दमेकमा जन्मिएका सापकोटा २०४१ सालमा रुपन्देहीको कञ्चन गाउँपालिका–३, हरैया, झारगैरामा बसाइँ सर्नु भएको थियो ।


