• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

नक्कली पिसिआर प्रकरणः दुई घण्टामै घर–होटलमा रिपोर्ट पुर्‍याउथे


  •   बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
  • नारायण ढुंगाना, काठमाडौं ।
    ‘कोरोना परीक्षणको पिसिआर रिपोर्ट घण्टाघण्टामा बन्न कसरी सम्भव छ, सक्कली हो कि नक्कली हो हेर्नुपर्‍यो’, यही बाक्य बोल्दै महानगरीय अपराध महाशाखामा एक व्यक्ति आइपुगे । उक्त शङ्कास्पद कुरा सुनेपछि महाशाखाको ध्यानाकर्षित भयो । प्रहरीले तत्कालै विशेष टोली तयार पारेर अनुसन्धानमा खटायो । खटाएको एक हप्ताको अपरेशनमा कैफियत फेला परेपछि मङ्गलबार प्रहरीले काठमाडौंको सिनामङ्गलबाट आठ जनालाई पक्राउ ग-यो । उक्त नक्कली धन्दामा सुरिया हेल्थकेयर प्राली र मेरिट मल्टिकेयर मेडिकल सेन्टर संलग्न रहेको पाइएको छ ।

    Advertisement

    ‘उनीहरुले होटल, घरमा पिसिआर रिपोर्ट डेलिभरि गर्ने गरेका रहेछन्, छिटो बनाउन बार्गेनिङ गर्ने, छिटो बनाइदिन आग्रह पनि गर्ने रहेछन्’, महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले भन्नुभयो, ‘त्यसपछि डेढ/दुई घण्टामा रिपोर्ट बोकेर घरमै पुग्दा रहेछन् ।’

    स्वाब सङ्कलन गरेर रिपोर्ट तयार पार्न सामान्य प्रक्रिया गर्दा पनि केही घण्टा लाग्छ । यती छिट्टै रिपोर्ट बनाएर घरमै पुर्‍याउने भएपछि शङ्का लागेर अनुसन्धान शुरु गरेको खापुङले बताउनुभयो । एक हप्ताको अनुसन्धानले उनीहरुको गतिविधि पुष्टि भयो । उनीहरु पक्राउ परेका हुन् र मुख्य गरी उनीहरुले हवाई यातायात प्रयोग गर्नेलाई केन्द्रित गर्ने गरेको पाइएको छ ।

    वैदेशिक रोजगारमा जानेलाई यसरी बढी नक्कली रिपोर्ट बनाइएको फेला परेको छ । आज मात्रै प्रहरीले त्यस्ता नक्कली रिपोर्ट बोकेर विदेश जान लाग्ने १७२ यात्रुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ पनि गरिसकेको छ ।

    प्रहरीका अनुसार स्वाब सङ्कलन गर्ने एउटा समूह छुट्टै दलालका रुपमा प्रयोग भएको पाइएको छ । ‘कतिपयको स्वाब नै नलिइ बनाइदिने र कतिपय नेगेटिभ आएका मान्छेको स्वाब लगेर रिपोर्ट तयार पार्दा रहेछन्’, एसएसपी खापुङले थप्नुभयो, ‘स्वाब नै अर्कै मान्छेको हालिदिने ।’ प्रहरीका अनुसार उनीहरुले लामो समयदेखि उक्त नक्कली धन्दा गरेको हुनसक्ने आशङ्कामा अनुसन्धान जारी राखिएको छ ।

    यसरी पक्राउ परे विदेश जान ठिक्क परेका १७२ यात्रु विशेष सुराकीका आधारमा गएको प्रहरीले नक्कली पिसिआर रिपोर्ट बनाउँदै गर्दा काठमाडौंको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालीका सञ्चालक डा सिपी श्रीकुमार र मेरिट मल्टिकेयर मेडिकल सेन्टर प्रालीका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहितका समूह फेला पारेपछि प्रहरी अझै सक्रिय भएर खोजीमा लागेको थियो ।

    उनीहरुमाथिको अनुसन्धानबाट आएको विवरणका आधारमा आज विमानस्थलमा आपसी समन्वयमा प्रहरीले खोजी अभियान चलाउँदा १७३ जना त्यस्तै नक्कली रिपोर्ट बोक्ने फेला परे । उनीहरु विभिन्न देश जान लागेका यात्रु हुन् ।

    प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले १२२ जनालाई भित्र बोर्डिङ पास लिएर जाँदै गर्दा पक्राउ गरिएको र थप ५० जनालाई विमानस्थल जाँदै गर्दा पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकामा ६८ भारतीय, दुई पाकिस्तानी र १०६ नेपाली छन् । सलाम एयर, जजिरा एयर र एयर अरेबियाबाट उनीहरु विभिन्न मुलुक जाँदै थिए । ती समूहले रु नौ हजार पैसा लिएर पिसिआरको प्रमाणपत्र बनाइदिएको फेला प्रहरीको अनुसन्धानमा खुलेको छ । अधिकांश वैदेशिक रोजगारमा जाने रहेका पाइएकाले पनि अनुसन्धानका लागि विमानस्थल पहिलो प्राथमिकतामा परेको थियो । पक्राउपर्ने सबै त्यही हेल्थकेयरको रिपोर्ट बोकेर पुगेका बताइएको छ ।

    प्रहरीले मङ्गलबार सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालीबाट जारी भएका स्वाब सङ्कलन तथा परीक्षण नै नगरी पिसिआर टेष्ट नेगेटिभ भनी उल्लेख भएका चार थान रिपोर्ट फेला पारेको थियो । त्यसपछि नक्कली धन्दा बाहिर आएको हो ।

    यसअघि पनि पटकपटक यस्तो सुनिएको र केहीलाई प्रहरीले पक्राउ गरेको भए पनि यती धेरैमात्रामा गिरोह सक्रिय छन् भन्ने कुरा भने बल्ल मात्रै बाहिर आएको प्रहरीले जनाएको छ । उक्त समूहले यसअघि पनि धेरैलाई यसैगरी नक्कली काम गरेर पैसा असुलेको प्रहरीको आशङ्का छ ।

    नक्कली धन्दामा सहभागी भएका झापा गौरादह घर भई हाल पेप्सीकोला बस्ने वर्ष ४५ का प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझी, सप्तरीका प्रमोदकुमार यादव, महोत्तरी गौशालाका प्रदीपकुमार गिरी, महोत्तरीकै अमनकुमार यादव, मोरङको विराटनगरका वजेश पोख्रेल, महोत्तरीका बादल मिरिङ थिङ, दोलखा वैतेश्वरी घर भइ चाबहिल बस्ने वर्ष २२ का सरोज क्षेत्री, सप्तरी मध्यपुराका डा खेलानन्दप्रसाद सिंहलाई पक्राउ गरी अनुसन्धान जारी रखिएको छ ।

    प्रहरीले रिपोर्ट बनाउन प्रयोग हुने कम्प्युटरलगायतका उपकरणसमेत नियन्त्रणमा लिएको छ । थप अनुसन्धान कार्यका लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिको रोहबारमा सुरिया हेल्थकेयर प्रालिको सेवा हाललाई बन्द गराइएको छ ।

    बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.