• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जनजाति र समताले सामाजिक चेतनाको आन्दोलन चलाए : प्रवक्ता पुरी


  •   शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले अखिल नेपाल जनजाति सम्मेलन र जातीय समता समाजले सामाजिक चेतनाको आन्दोलन चलाएको बताउनुभएको छ ।

    Advertisement

    अखिल नेपाल जनजाति सम्मेलन र जातीय समता समाजका बागमती प्रदेश समितिको आयोजनामा २०७८ वैशाख ३ गते बागबजारमा आयोजित चौतिसौँ स्थापना दिवसलाई सम्बोधन गर्दै प्रवक्ता पुरीले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘नेपालमा संस्थागत रूपमा सामाजिक चेतनाको आन्दोलन अरू कसैले चलाएनन्’ प्रवक्ता पुरीले भन्नुभयो– ‘अखिल नेपाल जनजाति सम्मेलन र जातीय समता समाजले मात्रै सामाजिक चेतनाको आन्दोलन चलाए ।’

    उहाँले गणतान्त्रिक व्यवस्था आए पनि जातीय विभेदलाई यथावतै राख्ने संस्कार अहिले पनि रहेको बताउनुभयो ।

    ‘रुकुम पश्चिमको चौरजहारी काण्डमा तत्कालीन सत्तारूढ नेकपा र नेपाली काङ्ग्रेसले उक्त घटनालाई ढाकछोप गर्न खोजेका थिए’ उहाँले भन्नुभयो– ‘राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाका सांसद दुर्गा पौडेलले मात्रै चौरजहारी काण्डको विरोधमा आवाज उठाउनुभयो ।’

    उहाँले अखिल नेपाल जनजाति सम्मेलन र जातीय समता समाजले सबै खाले कुरीति, परम्परा र भेदभावका विरुद्ध मात्र होइन, एनजिओकरण जनविरोधी भूमिका, जातिवाद र साम्राज्यवादको विरुद्ध सङ्घर्ष गरिरहेको स्मरण गर्नुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीले २०४४ सालमा पहिले जनजाति र दलित समुदायको एउटै सङ्गठन निर्माण भएकोमा व्यवहारमा जाँदा अलग–अलग सङ्गठन खोल्नुपर्ने आवश्यकता महसुस भएको बताउनुभयो ।

    उहाँले जनजाति सम्मेलन र समता समाज आकर्षक नाम भएको बताउँदै भन्नुभयो– ‘अखिल नेपाल जनजाति सम्मेलन र जातीय समता समाजको नाममा जातिवादको गन्ध आउँदैन ।’

    कार्यक्रममा अखिल नेपाल कानुन व्यवसायी सङ्घका महासचिव लक्ष्मणदेव पाण्डे, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य प्रकाश थापामगर, अखिल (छैठौं) का पूर्व केन्द्रीय सदस्य भीष्म जोशी, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मी, राष्ट्रिय जनमोर्चा काठमाडौँका सचिव छवि खनाल, नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका सदस्य घनश्याम अधिकारी (वैरागी जेठा) र अखिल (छैठौं) काठमाडौँका उपाध्यक्ष धु्रव बस्यालले मन्तव्य राख्नुभएको थियो ।

    जातीय समता समाजका महासचिव भक्त विश्वकर्माले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता अखिल नेपाल जनजाति सम्मेलनका अरुण थिङले र सञ्चालन समता समाजका केन्द्रीय सदस्य गोपाल बराइलीले गर्नुभएको थियो ।

    शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.