काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार राति भीषण हावाहुरी चलेको छ । हावाहुरीले केही स्थानमा घरका छानासमेत उडाएको खबर आएको प्रहरीले जनाएको छ ।
Advertisement
राति करिब ९ बजेदेखि हावाहुरी चलेको थियो । हावाहुरीका कारण राजधानीको विधुत सेवासमेत प्रभावित बनेको छ । हुरीले सडकमा गुडेका सवारी साधन रोकिन बाध्य भएका थिए ।
मौसम पूर्वानुमान माहाशाखाका अनुसार देशको दक्षिण–पश्चिमबाट मेघ गर्जनर चट्याङ् सहित वर्षा गराउने बादल विकसित भई रहेको र उक्त प्रणाली उत्तर–पूर्व तिर सर्ने क्रममा रहेको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउनुसमेत आग्रह गरेको छ ।
कतिपय यात्रामा भएका अथवा घरबाहिर भएकाहरु नराम्ररी प्रभावित भएका छन् । हावाहुरीबाट के कति क्षति भयो भन्नेबारे जानकारी प्राप्त भएको छैन ।