काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट प्रभावित विभिन्न जिल्लामा शैक्षिक संस्था लगायत बढी भिडभाड हुने स्थानहरु बन्द गर्न आग्रह गरेको छ ।
मन्त्रालयले बिहीबार प्रकाशित गरेको सूचनामा १४ जिल्लामा विद्यालय सहित ‘बढी भिडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएको जनाएको छ ।
मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङमा शैक्षिक संस्था बन्द गर्न आग्रह गरेको हो ।
‘विद्यालय , रात्री व्यवसायहरु, सात बजे पछि मात्रै सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पुजाआजा, तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमाहल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल, आदी स्थलहरुमा सहभागी नभइदिनहुन। तथा जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालना गर्न गराउन भूमिकाहरु बढाइदिन हुन’ सूचनामा भनिएको छ।
यस्तो छ, सूचना


५ सय ३४ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा ५ सय ३४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ सय ८८ जनामा गरिएको पीसीआर परीक्षणमा ४ सय ९० जनामा र ५ सय ६४ जनामा गरिएको एन्टीजेन परीक्षणमा ४४ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १ सय ५७ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ।