काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतकमध्ये ८ जनाको गएको २४ घण्टाभित्र मृत्यु भएको जनाएको छ ।
Advertisement
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ५३ पुगेको छ । मन्त्रालयका अनुसार आज देशभर ५५९ जना नयाँ संक्रमित थपिएका छन् । पाँच हजार १०५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् ।
आज १३८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ । यो सँगै २ लाख ७४ हजार १६५ जना संक्रमणमुक्त भएका छन् । निको भएको दर ९७.७ प्रतिशत रहेको छ । नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जना संक्रमित भएका छन् ।