• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

‘नेपालको वायु प्रदूषण खतरनाक तहमा’


  •   बुधबार, चैत २५, २०७७ मा प्रकाशित
  • काठमाडौं । विज्ञहरुले नेपालमा वायु प्रदूषणको अवस्था ‘खतरनाक तहमा’ पुगेको चेतावनी दिएका छन् । प्रदूषणको विवरण राख्ने वर्ल्ड एयर क्वालिटी इन्डेक्सले विश्वका दुई हजारभन्दा बढी सहरमा रहेका ३० हजार भन्दा धेरै मापन बिन्दुबाट संकलित विवरणमा काठमाडौंको अवस्था खराब देखिएको बीबीसीले जनाएको छ ।

    Advertisement

    काठमाडौंमा वायुको गुणस्तर खतरनाक तहमा अर्थात् ३०० भन्दा उच्च देखिएको छ भने धनगढी, दाङ, पोखरा र हेटौँडाजस्ता सहरमा समेत वायु निकै अस्वस्थ देखिएको छ ।

    विगतका वर्षहरूका तुलनामा फरक यस पटक लामो समयसम्म आकाशमा तुवाँलो देखिनुलाई अधिकारीहरूले देशका दर्जनौँ ठाउँमा लागेका डढेलोलाई जिम्मेवार मानेका छन् । वर्षा र वायुको प्रणालीमा लामो समयसम्म परिवर्तन नदेखिँदा समस्या झन् जेलिएको मौसमविद्हरू बताउँछन् ।

    सार्वजनिक रूपमा फोहोर बाल्ने, गाडीको सर्भिसिङ नियमित नगर्ने, नढाकीकन निर्माण कार्य गर्ने र नसुधारिएको प्रविधिबाट उद्योगधन्दा चलाउने हाम्रा व्यवहारका कारण समस्य बढेको त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभागकी प्रमुख प्राध्यापक रेजिना मास्के ब्यान्जुको तर्क छ ।

    उहाँका अनुसार नेपालमा वायु सफा हुने भनेको असार–साउनको वर्खायाममा मात्र हो । नत्र तह तलमाथि भए पनि अन्य बेला त्यो स्वास्थ्यकर छैन ।

    यतिखेर अस्थिर वायुमण्डलका बीच चैते हुरी चल्ने समय भए पनि यस पटक त्यसो भएको देखिँदैन । अहिले देखिएको स्थिर वायुमण्डलका कारण मौसमी चक्रमा अन्तरसम्बन्ध हुने वायु र वर्षा दुवै हुन नसकेको मौसमविद्हरू बताउँछन् ।

    जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाका अनुसार वायुमण्डलको माथिल्लो तहमा वहने जेटस्ट्रिम वायुको धारा अहिले सक्रिय हुन सकेको छैन भने वर्षा गराउनमा योगदान दिने पश्चिमी वायु र त्यसले तयार पार्ने निम्नचापीय क्षेत्र समेत यतिखेर बन्न सकेको छैन ।

    विभागले कम्तीमा दुईदेखि तीन दिन पूर्वी र मध्य नेपालमा वर्षाको सम्भावना नभएको जनाएको छ । तर पश्चिम नेपालका केही भागमा छिटपुट वर्षा हुनसक्ने जनाएको छ । अहिलेको तुवाँलो हट्नका लागि वातावरणविद्ले यसअघि देखि नै ठूलो वर्षा वा हुरी आवश्यक पर्ने बताउँदै आएका छन् ।

    यस पटक नेपालमा लागेको डढेलोको तह कम्तीमा एक दशक यताकै ठूलो रहेको डढेलोविज्ञले बताएका छन् । हिउँदे पाँच महिनाको विवरण केलाउँदा यो वर्ष अहिलेसम्मकै उच्च ७३ जिल्लामा २,७०० भन्दा धेरै डढेलोका घटना देखिएका छन् ।

    वायुको गुणस्तर खतरनाक तहमा पुग्नु भनेको सामान्य मानिसहरूको स्वास्थ्यमा समेत तत्काल देखिने असर पर्नु रहेको चिकित्सकहरू बताउँछन् । सामाजिक सञ्जालमा यसको असर उच्च तहको धूमपान बराबरकै हुने भन्दै चर्चा समेत चलेका छन् ।

    वीर अस्पतालका श्वासप्रश्वास एवं क्रिटिकल केयर विशेषज्ञ डा. अशेष ढुंगानाका अनुसार धूमपान गर्दा हाम्रो शरीरमा जेजस्तो असर पर्छ यो तहको प्रदूषणले गराउने त्यही हो । त्यसमा दमदेखि मुटुको रोग गराउनेजस्ता पदार्थ छन् ।

    लामो समय विषाक्त वायु भएको स्थानमा बस्दा गर्भवती महिलाले जन्माउने शिशुमा तौल कम हुनेदेखि विभिन्न दीर्घकालीन समस्या देखा पर्ने बताइन्छ। वायुमा हुने सूक्ष्म कण रक्त नलीसम्म पुग्ने भएकाले त्यसले मुटुदेखि स्नायु प्रणालीसम्मका समस्याहरू निम्तिन सक्ने चिकित्सकहरूको चेतावनी छ ।

    बुधबार, चैत २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.