• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

चार्ल्स शोभराजले जेलभित्रबाटै दिएको अन्तर्वार्ता प्रशासनको टाउको दुखाइ


  •   सोमबार, चैत २३, २०७७ मा प्रकाशित
  • काठमाडौं । अन्तर्राष्ट्रिय रूपमा कुख्यात अपराधी चार्ल्स शोभराजले एक ब्रिटिश पत्रिकालाई जेलभित्रबाटै कसरी अन्तर्वार्ता दिन सफल भए भन्ने विषय उनी रहेको कारागारको अनुसन्धानका क्रममा समेत प्रस्ट हुन नसकेको अधिकारीहरूले बताएका छन्।

    Advertisement

    चैत १४ मा एक ब्रिटिश पत्रिकामा प्रकाशित उनीसँगको अन्तर्वार्तामा आधारित भनिएको सामग्री प्रकाशित भएपछि केन्द्रीय कारागार सुन्धाराले त्यसको खोजबिन गरेको थियो।

    उक्त कारागारका प्रमुख लक्ष्मी बाँस्कोटाले बीबीसीलाई भने, ‘उनले परिवारसँग सम्पर्क गर्ने नम्बर बाहेकमा फोन गरेको विवरण देखिएन। सायद त्यसक्रममा भएका संवादलाई पत्रिकाले प्रयोग गरेको हुनसक्छ।’

    अनुसन्धान
    चार्ल्स शोभराज केन्द्रीय कारागारको गोलघरमा बस्ने र उक्त ठाउँ सीसीटीभी क्यामेराको निगरानीमा समेत हुने केन्द्रीय कारागारले जनाएको छ। पछिल्लो समय उनीसँग बाहिरका मानिसहरूको भेटघाट नभएको बताइएको छ।

    ‘जेलभित्रकै अन्य कैदी र ड्यूटीमा रहेका सुरक्षाकर्मीसँग समेत उनले खासै कुराकानी गरेको देखिँदैन’, जेलर बाँस्कोटा भन्छन्, ‘उनको र आसपासका कोठाहरू खानतलासी गर्दा समेत कुनै फोन, सीमकार्ड वा अन्य सञ्चारका उपकरणहरू भेटिएनन्।’

    कारागार प्रशासनले उनी उक्त जेलमा आएदेखि अमेरिका, ब्रिटेन र फ्रान्समा उनले नियमित गरिरहने नम्बरहरूमा मात्र फोन गरेको विवरण पाएको जनाएको छ।

    उनले प्रायजसो अङ्ग्रेजी र फ्रेन्च भाषामा संवाद गर्ने गरेको कारागार अधिकारीहरू बताउँछन्।

    जेलर बाँस्कोटा थप्छन्, ‘हाम्रो निष्कर्ष परिवार वा साथीहरूलाई सम्पर्क गर्ने तिनै नम्बरमार्फत् संवादको रेकर्ड पत्रकारसम्म पुगेको हुनसक्छ। त्यही कुरा हामीले गृह मन्त्रालय र कारागार व्यवस्था विभागलाई अवगत गरायौँ।’

    जेलभित्रबाट हुने संवाद कस्ता हुन्छन् ?
    नियमानुसार कैदीहरूले प्रत्येक हप्ता दुई पटकसम्म आफन्त र परिवारसँग टेलिफोनमा कुराकानी गर्न पाउँछन् । त्यसरी टेलिफोनमा कुराकानी गर्दा विदेशीको हकमा अङ्ग्रेजी भाषाको मात्र प्रयोग गर्न पाइने व्यवस्था रहेको बताइन्छ ।

    तर जेलभित्रबाट हुने संवादको रेकर्ड भने कारागारले राख्ने गरेको छैन ।प्रकाशित सामग्रीमा शोभराजले आफू केही सातामै छुट्न लागेको र आफू निर्दोष भएको बताएको उल्लेख छ।

    ‘ती संवाद आफ्ना परिवारलाई सान्त्वना दिनका लागि धेरैजसो कैदीबन्दीले सामान्य रूपमा गर्ने खालकै हुन्’ जेलर बाँस्कोटा भन्छन्, ‘त्यसैले जेलको सुरक्षा र संवेदनशीलतालाई असर पर्ने कुरा नगरेसम्म उनीहरूलाई रोक्ने वा कारबाही गर्ने गरिएको छैन ।’

    कारबाही
    यस घटनापछि शोभराजलाई परिवारसँग कुरा गर्न समेत थप निगरानी गरिने कारागार व्यवस्था विभागका महानिर्देशकले बीबीसीलाई बताएका छन् ।

    महानिर्देशक द्रोण पोखरेल भन्छन्, ‘हाम्रो अनुसन्धानमा पत्रिकासँग कुरा गरेको देखिँदैन र उनले समेत त्यसलाई इन्कार गरेका छन्। विदेशी पत्रिका भएकाले हामी उक्त सञ्चारमाध्यमसँग थप सोधखोजमा गएनौँ ।’

    शोभराजको एउटा सजाय २०८० सालमा पूरा हुने भएपछि उसका अन्य मुद्दा समेत भएकाले उनी ठ्याक्कै कहिले छुट्छन् भन्ने स्पष्टता कारागार प्रशासनलाई नभएको बताइएको छ ।

    चार दशकअघि नेपालमा अमेरिकी र क्यानडाली महिलाको हत्या गरेको अभियोगमा झन्डै १७ वर्षदेखि शोभराजले नेपालमा कारावास जीवन बिताइरहेका छन् । बीबीसी नेपाली

     

    सोमबार, चैत २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.