दिनेश रैदास, दाङ ।
घोराहीबाट लमही जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रु बस लमही घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना भएको छ ।
Advertisement
दुर्घटनामा परि २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २७ जना घाइते र ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
ज्यान गुमाउनेहरुको नाम ठेगाना खुल्न सकेको छैन । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घाइते ३० जनाको लमही अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। घटनाको थप बिवरण आउन बाकी छ ।
