दिनेश रैदास, दाङ ।
दाङको राप्ती गाउँपालिका १ भालुबाङ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पर्खालको शिलान्यास गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर केसीको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा दाङ निर्वाचन क्षेत्र नं १ का सांसद मेटमनी चौधरीले शिलान्यास गर्नु भयो ।
सांसद चौधरीले शिलान्यास समारोह पछि आयोजित एक समारोहलाई सम्बोधन गर्नुहुँदै भौतिक निर्माणले मात्र शिक्षाको विकास असम्भव भएकोले गुणस्तर शिक्षा आजको आवश्यकता हो भन्नु भयो ।
संसद् विकास कोषबाट विनियोजित रकम रु १५ लाख र स्थानीय जनश्रमदान रकम रु १५ प्रतिशतको दुई लाख २५ हजार गरी जम्मा रु १७ लाख २५ हजार रुपैयाँबाट उक्त पर्खाल निर्माण गरिने विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य तथा राप्ती गाउँपालिका वार्ड नं १ वार्ड अध्यक्ष तारा बहादुर डिसीले जानकारी गराउनुभएको छ।
साथै उहाँले राप्ती गाउँपालिका शिक्षा समन्वय समिति बाट विनियोजित रकम रु सात लाख र स्थानीय जनश्रमदान ५ प्रतिशतबाट हुने रकम रु ३५ हजार गरी जम्मा रु ७ सात लाख ३५ हजारबाट निर्माण गरिने छात्रछात्रा मैत्री शौचालयको पनि सोही अवसरमा सांसद चौधरीले गर्नु भएको थियो।
विद्यालयका प्रधानध्यापक लोकेन्द्र बहादुर केसी स्वागत मन्तव्य र सहायक शिक्षक मोहन पौडेलले सञ्चालन गर्नु भएको शिलान्यास समारोहलाई विशिष्ट अतिथि तथा राप्ती गाउँपालिका का अध्यक्ष नुमनन्द सुवेदी, वार्ड अध्यक्ष तारा बहादुर डिसी लगायतले मन्तव्य राख्नु भएको थियो ।

