पुष्कर भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको वेदकोट नगरपालिका–८ बस्ने राष्ट्रिय जनमोर्चा वेदकोट नगर समिति सदस्य दुर्गा नाथ तथा श्रीमती जानकीदेवि नाथका जेठा छोरा कपुर नाथले आफ्नो १८औँ जन्मदिन अनाथ बालबालिकासँग मनाउनुभएको छ ।
जन्मदिनको अवसरमा नाथ परिवारले महेन्द्रनगरमा रहेको समाज कल्याण अनाथालयका बालबालिकालाई फलफूल तथा कापि किताव वितरण गरको छ ।
ठुलो भोजभतेर गरेर, ठुलो साउण्डमा डिजे बजाएर समाजमा होहल्ला गरेर जन्मदिन मनाउनु भन्दा अनाथालयमा रहेका बालबालिकालाई माया साटासाट गरि रमाइलो गर्नु राम्रो पक्ष नेता नाथले बताउनु भयो ।
जन्मदिन मनाइरहेका कपुरनाथले भन्नुभयो, ‘जन्मदिन आउनु ठुलो कुरा होइन जन्मदिनलाई कुन रुपमा मनाउने भन्ने हो । जन्मदिन भौतिक रमाइलो गर्नु भन्दा अन्तरआत्मा रमाउनु ठुलो कुरा हो । आज मेरो जन्मदिनमा बाल अनाथालयमा रहेका बालबालिकासँग रमाउन पाउँदा अत्यन्त खुसी भएको छु ।’ उहाँले सबैलाई यसरी नै समाज सेवामा अग्रसर हुन अनुरोध समेत गर्नु भयो ।
