• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

पर्यटकीय खाँची क्षेत्र चुनढुंगा उत्खननले कुरुप बन्दै


  •   आइतबार, चैत १५, २०७७ मा प्रकाशित
  • बसन्त खड्का, अर्घाखाँची ।
    चुनढुंगा उत्खननका कारण अर्खार्खाचीको खाँची क्षेत्र दिन प्रतिदिन कुरुप बन्दै गएको छ । माहाभारत चुरे श्रृंखला अन्तरगतको धार्मिक तथा पर्यटकीय सुन्दर खाँचिकोटको तिनपाने लेकमा गरिएको चुनढुंगा उत्खनन् यस क्षेत्रको लागि भविस्यमा घातक बन्न सक्ने देखिएको छ ।

    Advertisement

    औद्योगिकिकरणको बहानामा तिनपानेमा उत्खनन् कार्य जारी छ । सिमित व्यक्ति तथा कम्पनीको आर्थिक फाइदाको लागि गरिएको प्रकृतिको दोहनले गम्भीर वातावरणीय असर पार्नसक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

    धार्मिक तथा प्राकृतिक सौन्दर्यता र प्रचुर पर्यटकीय सम्भावना बोकेको सो क्षेत्र दिनप्रतिदिन कुरुप बन्दै जानुमा जिल्लाका जनप्रतिनिधी र केही टाठा बाठा स्थानीयहरुको लाचारिपना देखिएको छ ।

    केही वर्षअगाडि पनि नरपानीमा गरिएको उत्खनन् कार्य स्थानीयको व्यापक विरोधपछि बन्द गरिएको थियो । तर तिनपाने लेकको हकमा स्थानीय जनप्रतिनिधिको वेवास्ताका कारण जनताको विरोधलाई ठेकेदारहरुले अटेरी गरेका छन् । खानी सञ्चालकले केही व्यक्तिलाई विभिन्न प्रलोभनमा कब्जामा पार्न सफल भएको स्थानीयको गुनासो छ ।

    खानी क्षेत्रबाट चौबिसै घण्टा आउने ध्वनि प्रदुषणले आफ्ना नाति नातिनाहरु भबिस्यमा बहिरा हुने हुनकी भन्ने चिन्ता रहेको स्थानीय हेमलाल पुरीले गुनासो गर्नुभयो । बिगत ६/७ वर्षदेखि चुनढुङ्गा खानीबाट निस्किएको धुलोका कारण खेतिपाती पूर्णरुपमा नस्ट भएको उहाँको भनाइ छ । पहिले आफू अग्रमोर्चामा आएर उत्खननको विरोध गर्दा पिटाइ खाएर ढाडको हड्डिमा असर परेको उहाँले बताउनुभयो ।

    सरकारले एक सय गन्तव्य सूचिमा सूचिकृत गरेको सुपा देउराली नजिकैको यो सुन्दर क्षेत्रबाट खानी भन्दा पर्यटकीय पूर्वाधार विकास गर्ने हो भने प्रकृतिको संरक्षण गर्दै मनग्य आर्थिक फाइदा पनि लिन सक्ने देखिन्छ तर त्यस तर्फ कसैको ध्यान नजानु बिडम्बना भएको छ ।

    मसिनाको लेक, खांची मैदान, नरपानी, कालिकाठी र पणेना क्षेत्रको लेक समेट्ने र यसलाई पदमार्गको रुपमा विकास गर्ने भाषण पनि स्थानीय र जिल्ला स्तरका नेताहरुको मुखबाट सुनिएको छ तर सोही पदमार्गको बिचमा पर्ने स्थान कुरुप हुँदै गैरहेको तर्फ कसैको ध्यान नजानु आश्चर्यको बिषय बनेको छ ।

    चौबिसै घन्टाको ध्वनी प्रदुषण, टिप्पर आतंक, अनि खानी क्षेत्रबाट निस्किएको धुलोले वर्षभरी खाने खेतिको सत्यनास भएको भन्दै भविष्यमा ठूलो प्राकृतिक संकट निम्त्याउने यो खानी सदाका लागि बन्द गरिनुपर्ने स्थानीयको माग छ ।

    आइतबार, चैत १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.