• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ह्विलचेयरमा मेची-महाकाली यात्रा, गिनिज बुकमा रेकर्ड राख्ने चाहना


  •   बिहिबार, चैत १२, २०७७ मा प्रकाशित
  • कञ्चनपुर । ‘अपांगता हुँदैमा जिन्दगीको अन्त्य हुँदैन’ भन्ने भावना बोकेर मेची महाकाली यात्रामा निस्कनुभएका ३८ वर्षीय रामबहादुर गोले (तामाङ) गिनिज बुकमा लामो ह्विलचेयर यात्रा गरेर रेकर्ड कायम गर्न चाहनुहुन्छ । सोही सपना बोकेर गोले मेचीबाट ह्विलचेयरको यात्रा गरी कञ्चनपुरसम्म आइपुग्नुभएको छ ।

    Advertisement

    मेचीको काँकडभित्ताबाट ह्विलचेयर चढेर यात्रामा निस्कनुभएका गोले २६ दिन लगाएर यहाँ आइपुग्नुभएको हो ।

    ‘स्पाइनल कर्ड इन्जुरी’(मेरुदण्डको पक्षाघात) भएका उहाँ भन्नुहुन्छ, ‘दृढ इच्छा शक्ति भए फरक क्षमता भएका व्यक्ति पनि सपांग झैँ समाजमा काम गर्न सक्छन् भन्ने उद्देश्यसहित ह्विलचेयरको पहुँच बढाउनका लागि यात्राको थालनी गरेको छु ।’

    लुम्बिनीदेखि भारतको बोधगया (बिहार) सम्मको करिब ५५० किलोमिटर लामो यात्रा र नमबुद्धदेखि ३६६ किमी ह्विलचेयरबाट उहाँले यात्रा पूरा गरिक्नुभएको छ । लामो यात्रा गरे पनि त्यो यात्रा सोखका लागि मात्रै गरेको उहाँले बताउनुभयो । ती यात्राको त्यति प्रचार नगरेको उहाँ बताउनुहुन्छ । मेची महाकाली यात्रा गोलेको तेस्रो हो ।

    ‘मलाई घुमिरहन, नयाँ मान्छे भेट्न मन पर्छ तर हाम्रो समाज, राज्य हामीजस्तालाई भित्रभित्रै गुम्साइरहने खालको छ । विभिन्न चुनौतीको सामना गर्दै यात्रामा निस्केको छु’, उहाँले भन्नुभयो ।

    दाताको सहयोगमा उहाँले यहाँसम्मको कठिन यात्रा पूरा गर्नुभएको हो । गोलेको बस दुर्घटनामा परी कम्मरमुनिको भाग चल्दैन । सोही दुर्घटनामा परेर उहाँले एउटा आँखा गुमाउनुभएको छ । उहाँ हिँड्ने भनेकै ह्विलचेयरले हो ।

    ह्विलचेयरमा यहाँ आइपुग्नुभएका उहाँले स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा दौँतरी परामर्शदाताका रूपमा काम गर्दै आउनुभएको छ । बास्केटबल खेल्ने, स्वीमिङ गर्ने कार्यसँगै अपाङ्गता भएकालाई पुनःस्थापना केन्द्रमा तालीम दिने कार्य गर्दै आएको उहाँ बताउनुहुन्छ ।

    ‘जीवन सोचेभन्दा रमाइलो छ’, उहाँ भन्नुहुन्छ, ‘जिउन जान्नुपर्छ । अपांगता भएकामा भाग्यलाई सम्झेर बस्दिनँ । भाग्यमानी ठान्छु । अपांगता नभएको भए मैले जिन्दगी बुझ्ने थिइनहोला ।’
    विसं २०६७ पुस १८ गते साथीहरूसँगै खासा घुम्न गएको बेला दोलालघाटको चौबन्ने किलोमा बस दुर्घटनामा पर्दा गोले अपांग हुनुभएको हो ।

    सबैभन्दा लामो ह्विलचेयर यात्रा गरेर गोले विश्व कीर्तिमान राख्न चाहनुहुन्छ ।

    ‘गिनिज बुकमा ह्विलचेयरमा सबैभन्दा लामो दूरी पार गर्ने व्यक्तिका रूपमा रेकर्ड राख्न चाहन्छु’, उहाँले भन्नुभयो, ‘विगतका लामा यात्रालाई चर्चामा ल्याउन नसक्दा लक्ष्य पूरा हुन सकेन । अब लक्ष्य पूरा नहुँदासम्म यात्रा जारी रहन्छ ।’

    हाल ह्विलचेयरमा लामो दूरी पार गर्नेमा भारतका सुरेन्द्र यादव र शैलेन्द्र हसनको नाम गिनिजबुकमा कायम छ । दुवै जनाले २५० किलोमिटर यात्रा पूरा गरेर रेकर्ड राखेका हुन् । आज कञ्चनपुरको गड्डाचौकीमा यात्राको समापन गरिने उहाँले बताउनुभयो । यात्रामा उहाँसँगै उहाँका भतिजा मानबहादुर तामाङ सहयोगीका रूपमा सँगै रहेका छन् । मेची महाकाली यात्रामा निस्केका गोलेका श्रीमतीसँगै एक छोरा र एक छोरी रहेका छन् ।

    उहाँ भन्नुहुन्छ, ‘अपाङ्गता भएका व्यक्तिले पनि समाजमा गहिरो सन्देश दिने गरी कार्य सक्छन् । प्रेरणादायी कार्य गरेर देखाउन सक्नुपर्छ । त्यसका लागि हिम्मत र आँट देखाउनुपर्छ ।’ (रासस)

    बिहिबार, चैत १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.