• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

श्रमजीवी वर्गलाई मूल प्रवाहको आग्रह : भ्रममा नपरौँ, संकटसँग सामूहिक रुपमा जुधौँ


  •   बुधबार, चैत ११, २०७७ मा प्रकाशित
  • नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पछिल्लो समय भारतमा कोरोना संक्रमण दर बढिरहेको भन्दै सचेतना अपनाउन आग्रह गरेको छ ।

    Advertisement

    समाजका अध्यक्ष दुर्गाबहादुर केसीले एक वक्तव्य प्रकाशित गरी नेपालीहरुमा फेरि पनि गतवर्ष जस्तै संकटको स्थिति उत्पन्न हुने आशंकाले सताइरहेको भन्दै यस्तो अवस्थामा असामाजिक तत्वहरुले विगतमा जस्तै भ्रम श्रृजना गरि अवसरको फाइदा उठाउने प्रयत्न गर्न सक्नेतर्फ सचेत गराउनुभएको छ ।

    सबै नेपाली श्रमजिवीहरु भ्रममा नपरि भय–त्रासबाट बच्न र समस्यासंग सामुहिक संघर्ष गरि समाधानको लागि प्रयासरत रहन पनि मूल प्रवाहले आग्रह गरेको छ ।

    मूल प्रवाहको हालै सम्पन्न केन्द्रीय समिति बैठकले गरेका निर्णयहरुबारे वक्तव्यमार्फत मूलप्रवाहले जानकारी पनि दिएको छ। वक्तव्यमा तत्कालै राजनीतिक अस्थिरताको अन्त गरि लोकतान्त्रिक मुल्यमान्यता बहाल गर्दै राष्ट्रियता, गणतन्त्र, संविधान र धर्मनिरपेक्षताको रक्षा गर्नुपर्नेमा जोड दिइएको छ ।

    यस्तो छ वक्तव्यः
    ‘मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको नवौं बैठक २०–२१ मार्च २०२१ का दिन सम्पन्न भएको छ । बैठकमा गरिएका निर्णयहरु र समसामयिक विषयप्रति संगठनको धारणा स्पष्ट गर्न यो विज्ञप्ती जारि गरिएको छ ।

    नेपालमा चल्ने प्रत्येक आन्दोलनहरुमा भारतस्थित नेपालीहरुको प्रत्यक्ष सहयोग र समर्थन रहँदै आएको छ । ठूला भनाउँदा राजनीतिक दलहरुको सत्तास्वार्थ र साझेदारीको विवादका कारणले विगतमा नेपाली जनताले चलाएको आन्दोलनको बलमा प्राप्त गणतन्त्र माथि खतराको बादल मडारिएको छ । राजनीतिक स्वार्थकै कारण संवैधानिक संस्थालाई समेत प्रभावित गरि दुरुपयोग गर्ने काम भएको छ । यसले लोकतान्त्रिक मुल्यमान्यताका साथै गणतन्त्र, धर्मनिरपेक्षता र संविधान माथि समेत खतरा उत्पन्न भएको छ । अहिलेको तरल राजनीतिक अवस्थामा देशी–विदेशी प्रतिक्रियावादी–साम्राज्यवादी शक्तिहरुले फाइदा उठाई नेपालको सार्वभौमसत्ता एवं राष्ट्रियताका विरुद्ध षडयन्त्र गरिरहेका छन् । तत्कालै राजनीतिक अस्थिरताको अन्त गरि लोकतान्त्रिक मुल्यमान्यता बहाल गर्दै राष्ट्रियता, गणतन्त्र, संविधान र धर्मनिरपेक्षताको रक्षा गर्नुको विकल्प छैन ।

    कोरोना महामारी तथा कोरोना भाईरसको संक्रमण रोकथामका लागि सरकारले लगाएको लकडाउनका कारणले उत्पन्न विषम परिस्थितिका बाबजुद आपत विपतमा परेका नेपाली श्रमिकहरुलाई राहत तथा उद्धार कार्यमा सहयोग गर्न संगठनले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सो कार्यमा सहयोग पु-याउनु हुने संगठनका कार्यकर्ता, समर्थक, शुभचिन्तक एवं सहयोगी व्यक्तित्व तथा संघ–संस्था सबैलाई केन्द्रीय समितिको तर्फबाट धन्यवाद ज्ञापन गर्दछौं ।

    लकडाउन कै दौरानमा भर्चुअल प्रविधिबाट राष्ट्रियता, गणतन्त्र, संविधान र धर्म निरपेक्षताको रक्षार्थ एवं संघीयता, महंगी, भ्रष्टाचार विरुद्धको संघर्षका कार्यक्रमहरु सम्पन्न भएका छन् । जस अन्तर्गत “एमसीसी र राष्ट्रियताको प्रश्न”, “गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाको गरौं संघीयता र भ्रष्टाचार विरुद्ध संघर्ष गरौं” “वर्तमान परिस्थितिमा नेपाल–भारत सम्बन्ध”, “नेपालको राजनीतिक आन्दोलनमा भारतस्थित नेपालीहरुको भूमिका तथा मताधिकारको प्रश्न”, “नेपालको राजनीतिक आन्दोलनमा प्रवासी महिलाहरुको भूमिका”, “नेपालमा जनजाति आन्दोलन र वर्गिय मुक्तिको प्रश्न”, “दलितहरु माथि बढ्दो ज्यादतीका घटनाहरु र दलित आन्दोलनको प्रश्न” विषायक अन्तरक्रिया कार्यक्रमहरुका साथै प्रम ओलीको संसद विघटन गर्ने प्रतिगामी कदमका विरुद्ध केन्द्रीय, क्षेत्रीय र नगर स्तरमा विरोध सभाहरु सम्पन्न भएका छन् । त्यस दौरानमा कोरोना महामारी विरुद्ध सचेतना मुलक कार्यक्रम, सैद्धान्तिक प्रशिक्षण, संगठनात्मक गतिविधि, बैठक, सदस्यता वितरण, जनवादी भैलो, पत्रिकाको ग्राहक अभियान आदि कार्यक्रमहरु सम्पन्न भएका छन् ।

    केन्द्रीय समितिका सदस्य लालचन्द पन्त, रामप्रसाद आचार्य, वैकल्पिक सदस्य चित्रबहादुर पुन र सल्लाहकार देवीप्रसाद पौडेल सदाको लागि स्वदेश जानुभएकोले वहा“हरुले संगठनमा आजसम्म पु-याउनु भएको योगदानको सम्मान गर्दै समितिबाट विदाई गरिएको छ । बैठकमा अगामी सांगठनिक कार्ययोजनाहरु निर्णय गर्नुका साथै महिला सदस्यहरुको विशेष प्रशिक्षणका एवं अन्य विभागीय योजना तर्जुमा गरिएको छ ।

    कोरोना महामारीले गत साल ठूलो संख्यामा मानवीय क्षति पु-याउनुका साथै मानवीय स्वास्थय तथा अर्थतन्त्रमा ठूलो प्रभाव पार्यो । जसमा श्रमिजीवी वर्गलाई अत्यन्तै कठिनाईको सामाना गर्नु प-यो । लकडाउनले उद्योग, स्कुल, कलेज, सपीड्ड मल, होटल, रेस्टुरेन्ट, ढावा (सडक होटल), कलेज/कोचिड्ड सेन्टर नजिकका होस्टेल, क्यान्टीन आदिमा नोकरी गर्ने, मोमोज स्टाल लगाउने, रेडीमा शब्जी–तरकारी बिक्री गर्ने, चिया पसल गर्ने, बिभिन्न पार्टी फड्डसनहरूमा वेटर काम गर्ने, बजार तथा कलोनीमा चौकीदारी गर्ने, एक भन्दा बढी घरमा खाना पकाउने, सरसफाई गर्ने लगायतका असंगठित क्षेत्रमा ठूलो संख्यामा कार्यरत नेपाली श्रमिकहरु रोजगार गुमाई भोकमरीको खतराले पलायन समेत भएका थिए । नेपालमा रोजगारको व्यवस्था हुन नसकेको र कोरोना संक्रमणको चा“प केही घटेकोले महामारीको खतराको बाबजुद यातायात सुचारु नहु“दा पनि अनेकौं कष्ट सहेर नेपाली श्रमिकहरु पुनः भारतका विभिन्न शहरहरुमा पुगी पहिले भन्दा पनि थोरै पारिश्रमिकमा काम गर्न वाध्य भइरहेका छन् ।

    अहिले पुनः कोरोना महामारीको चाँप बढिरहेको अवस्था छ । कतिपय राज्यहरुमा नाइट कप्mर्यू लगाइएको छ र पुनः लकडाउनको चर्चा चलेको छ । नेपालीहरुमा फेरी पनि गतवर्ष जस्तै संकटको स्थिति उत्पन्न हुने आशंकाले सताइरहेको छ । यस्तो अवस्थामा असामाजिक तत्वहरुले विगतमा जस्तै भ्रम श्रृजना गरि अवसरको फाइदा उठाउने प्रयत्न गर्न सक्छन् । सबै नेपाली श्रमजिवीहरु भ्रममा नपरि भय–त्रासबाट बच्न र समस्यासँग सामुहिक संघर्ष गरि समाधानको लागि प्रयासरत हुनुपर्दछ । हामी यो विषम् परिस्थितिमा भारतस्थित सबै नेपालीहरुलाई सचेत रही स्वास्थ्य विभागद्वारा जारि दिशा निर्देश पालना गर्न अनुरोध गर्दछौं ।’

    बुधबार, चैत ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.