• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ८. हार्दिक शुभकामना

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

सुत्केरीको रोदन : मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो…..


  •   शुक्रबार, चैत ०६, २०७७ मा प्रकाशित
  • नारायण ढुङ्गाना, काठमाडौं ।
    चौध वर्ष अघि देवकुमार (दिपेश) भुजेल र विनिता राउतको पिरती बस्दा छुट्नुपर्ने कल्पना कहिल्यै गरेनन् । ओखलढुङ्गाको रावादोलु गाउँको वनपाखामा लुकीछिपी लगाएको पिरतीको डोरी अहिले चटक्क चुँडिएको देख्नेहरु जो कोहीको पनि मन अमिलो हुन्छ ।

    Advertisement

    अन्तरजातीय जोडीले भागी विवाह गरेरसँगै जीउने मर्ने वाचा गरेका थिए । ‘एक मुठी सास र एक थोपा रगत रहेसम्म तिमिलाई छाड्दिन’, देवकुमारले खाएको यो कसम विनिता झल्झली सम्झन्छिन् । भर्भराउदो ३१ वर्षे उमेरमा श्रीमती विनितालाई सुत्केरी भएकै बखत छाडेपछि पहिलेका वाचा कसम सबै झुठा ठहरिए । विगतमा उनका मिठामिठा सपनाले तानेर दुई जीवनलाई एक बनाएको थियो । काठमाडौँको काँडाघारीमा बस्ने देवकुमार २१ दिने सुत्केरी श्रीमती छाडेर फागुन २० देखि अलपत्र भएपछि विनिताका भविष्यका सुन्दर सपना चकनाचुर बन्यो ।

    उहाँ अहिले डेढ महिनाको सुत्केरी हुनुहुन्छ । ज्याला मजदूरी गर्नसक्ने अवस्थामा हुनुहुन्न । बाह्र वर्षकी जेठी छोरी सुमित्रालाई आमाको स्याहार गर्न मुस्किल छ । आर्थिक र पारिवारिक समस्याले चार पढेकी सुमित्राको पढाइ टुटेको छ । उहाँका घरमा खानेकुरा भए त छिमेकीले पकाइदिन्थे, तर मजदूरी नहुँदा अन्नको जोहो हुन सकेको छैन । मनकारीसँग विनिता आँखा रसाउँदै याचना गर्नुहुन्छ, ‘सुत्केरी मात्रै उतार्न पाए त काम गरेर दुई छोरी पाल्थेँ, सहयोगीले दुई–चार महिना सहयोग गरिदिए हुन्थ्यो ।’

    विनितालाई श्रीमान्को ती बाचाले पोल्छ । श्रीमान् आफैँ एक्लै भागेका भए पनि उनलाई धेरै पीडा हुँदैनथियो । खोजीका लागि गहारगुहार गर्नुहुन्थ्यो । विनिताले श्रीमान्लाई अर्काकी श्रीमती लिएर भागेको आरोप लगाउनुभएको छ । नजिकै बस्ने आफ्नै देउरानी अस्मिता आएर बेलाबेलामा खाना पकाउन सहयोग गर्नुहुन्छ । ‘आफ्नो भनौदाले त छाडेर गयो अर्काले यसरी कति दिन सहयोग गर्लान् र’, मन भक्कानो पार्दै विनिता भन्नुहुन्छ, ‘छाँगाबाट खसेजस्तो भएकी छु ।’

    बिहीबार उहाँको घर पुग्दा खाटमा शिशु च्यापेर मलिन अनुहारमा बसिरहेकी विनिताको पीडा कम गराउन छिमेकीले साथ दिइरहेका थिए । गएको असारदेखि मासिक चार हजार घर भाडा तिरेको छैन । पसलबाट सामान ल्याएको उधारा तिर्न बाँकी नै छ । विगतमा श्रीमानले कमाएको पैसा मदिरा खाएर सक्ने गरेको विनिता सुनाउनुहुन्छ । विलखबन्दमा परेकी विनितालाई आजकाल दैनिक गर्जो टार्न धौधौ भएको छ ।

    सुत्केरी श्रीमती छाडेर हिँडेका श्रीमान्को आजसम्म अत्तोपत्तो छैन । उहाँका अनुसार त्यो दिन इलाममा बस्ने दिदीको घर जान्छु भनी बहाना बनाए घरबाट हिँडेका थिए । बीचमा फोन सम्पर्क हुँदा सप्तरीमा फागुन २८ मा साथीको बिहे छ, त्यो बिहे सकाएर जान्छु भनेको विनिता सुनाउनुहुन्छ । त्यसदिन छिमेकी एक व्यक्तिले देवकुमारले मेरी श्रीमती भगाएर लग्यो भनेर आफूसँग कुरा गर्न आएको सुनाउने विनिता पनि केटी लिएर भागेको दोहो¥याउनुहुन्छ ।

    ती व्यक्तिले पनि श्रीमती खोजी पाउँ भनेर काँडाघारी प्रहरीमा उजुरी दिएको छ । विनिताले केटी लग्यो भनेर उजुरी हाले छिट्टै आउनुस् भनेर श्रीमानलाई सप्तरीबाट फर्कन आग्ह गनुृभयो । फागुन २९ गते बिहान घर हिँडे भनेर जानकारी दिएको मान्छे त्यसदिन पछि मोबाइल बन्द भएको विनिताले सुनाउनुहुन्छ ।

    देवकुमार घर बनाउने मिस्त्री हुन् । विनिता गार्मेन्टको काम गर्नुहुन्थ्यो । दुवैले चौध वर्षसम्म सँगै सङ्घर्ष गरे । दुवै कहिले काठमाडौँ त कहिले भारत गई काम गरेर जीवन गुजारा गरे । केही सीप नलागेपछि धेरै कमाउने आशा बोकेर उनले श्रीमान्लाई विसं २०७२ मा मलेसिया पठाउनुभयो । त्यहाँ पनि कमाई नभएपछि एक वर्षमै फर्किएको र विदेसिँदा लागेको ऋण पछि मजदूरी गरेर तिरेको उहाँ बताउनुहुन्छ ।

    कमाइ नभए पनि दुवैले काम गर्दा परिवार राम्रै थियो । गत सालको बन्दाबन्दीपछि भने उहाँको दुःखका दिन शुरु भए । काम गर्ने ठाउँमा मजदुरी गर्ने एक महिलासँग हिमचिम बढेको विनिता बताउनुहुन्छ । उहाँका अनुसार गएको मङ्सिरपछि भने घरमा नआउने, बाहिरबाहिरै बस्ने गर्न थाले ।

    अर्की महिलासँगको लसपस चाल पाएपछि घर परिवारबाट छुटाउने प्रयास धेरै पटक भएको उहाँ सुनाउनुहुन्छ । दुवैलाई राखेर छलफल गराउँदा सुध्रने प्रतिबद्धता पनि आएको छिमेकी (विनिताकी देउरानी) अस्मिता भुजेल बताउनुहुन्छ । उहाँ पनि त्यही महिला लिएर भागेको जिकिर गर्नुहुन्छ । फागुन २० गते २१ दिने सुत्केरीलाई अलपत्र पारी उनी हराएका छन् । अहिले विनिताले पनि प्रहरीमा श्रीमान्को खोजी गरी पाउँ भनेर निवेदन दिनुभएको छ । मोबाइल बन्द भएकाले खोजी गर्न नसकिएको प्रहरी बताउँछन् ।

    प्रहरी निरीक्षक रुपेन्द्र श्रेष्ठ दुवै परिवारको तर्फबाट हराएकाले खोजी गरी पाउँ भनेर निवेदन परेकाले खोजी जारी रहेको बताउनुहुन्छ । घटनामा उनीहरु संलग्न भएनभएको भने फेला परेपछि मात्रै थाहा हुने उहाँको बनाइ छ । अशिक्षा, पुरुषको स्त्रीप्रतिको आशक्ति, महिलाप्रति हुने हेय व्यवहार, पुरानो सामाजिक मूल्य मान्यताका कारण कानूनमा कडाइ गरे पनि समाजमा अर्को लिएर भाग्ने क्रम रोकिएको छैन ।

    यौनाशक्ति, आर्थिक समस्या र मानसिकरुपमै मानवीय कमजोरीका कारण यस्ता समस्या निम्तिने मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना बताउनुहुन्छ । उहाँका अनुसार केही महिलाले अर्को महिलाको पीडा बुझ्नुभन्दा पनि विवाहोत्तर सम्बन्धका घटना हुने गरेको छ । प्रहरी प्रधान कार्यालका अनुसार घरमा श्रीमती हुँदाहुँदै अर्को महिला भगाएको भनेर बेलाबेलमा उजुरी आइरहेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा बहुविवाह गर्न नहुने र यसरी विवाह भएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद र रु दश हजारदेखि ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ । दोस्रो विवाह स्वतः बदर हुने कानूनी व्यवस्थासमेत रहेको छ ।(रासस)

    शुक्रबार, चैत ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.