काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्यामा संलग्नमाथि कारबाही गर्न माग गर्नुभएको छ ।
अध्यक्ष केसीले राष्ट्रिय मानवअधिकार आयाेगकाे अध्ययनलेसमेत पाैडेललाई नियन्त्रणामा लिएर दाेहाेराे भिडन्तका नाममा प्रहरीले हत्या गरेकाे स्पष्ट भएकाे भन्दै घटनामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्नुभएकाे हाे ।
केसीद्वारा मंगलबार जारी वक्तव्य:
“नेकपा (विप्लब पक्ष)का कार्यकर्ता कुमार पौडेलको हत्या दोहोरो भिडन्तमा नभएर गिरफ्तार गरेपछि हत्या गरिएको निष्कर्ष मानव अधिकार आयोगले निकालेको छ । कुनै व्यक्तिलाई गिरफ्तार गरी त्यसरी हत्या गर्नु संविधान, कानुन र मानव अधिकार समेतको गम्भीर उल्लङ्घन हो । त्यस प्रकारको कार्यको राष्ट्रिय जनमोर्चाले कडा शब्दमा विरोध र भत्र्सना गर्दै त्यस प्रकारको गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरूमाथि कानुनअनुसार कारवाही गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।”