• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

उपनिर्वाचनमा तालमेलका लागि राजमोद्वारा नेकपालाई प्रस्ताव


  •   मङ्गलबार, कार्तिक ०५, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा चुनावी तालमेलका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई प्रस्ताव पठाएको छ । मंगलबार पार्टीका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले एक वक्तव्य प्रकासित गरी प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव पठाइएको जानकारी दिनुभएको छ ।

    Advertisement

    यसअघिको संसदीय निर्वाचनमा पनि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको वामगठबन्धन र राष्ट्रिय जनमोर्चाबीच कतिपय जिल्लामा तालमेल भएको थियो । खासगरी बागलुङ र प्युठानमा भएको चुनावी तालमेलबाट नेकपा र राजमोका उम्मेदवारहरु विजय भएका थिए ।

    अहिले चुनावी तालमेल भएमा कास्कीको एक प्रतिनिधिसभा बागलुङ र दाङका प्रदेशसभाका कुनै क्षेत्रमा राजमोले उम्मेदवार खडा गर्ने र कुनै क्षेत्रमा नेकपालाई सहयोग गर्ने राजमोले जनाएको छ । उपनिर्वाचन हुने क्षेत्रमध्ये प्रदेशसभा बागलुङ २ (ख) मा राजमोका तर्फबाट विजयी टेकबहादुर घर्तीमगरको निधन भएपछि सो स्थान खाली भएको हो ।यस्तै, राजमोले स्थानीय निर्वाचनमा भने नेपाली कांग्रेससँग पनि चुनावी तालमेल हुनसक्ने स्पष्ट पारेको छ । यदी चुनावी तालमेल हुन नसके निर्वाचन हुने सबै क्षेत्रमा राजमाेले उम्मेद्वारी दिने पनि प्रवक्ता पाैडेलकाे विज्ञप्तिमा उल्लेख छ ।

    वक्तव्यमा भनिएको छ,

    “आगामी संघ, प्रदेश र स्थानीय तहका उपनिर्वाचनहरु बारे राष्ट्रिय जनमोर्चाले आफ्नो नीति निश्चित गरेको छ । त्यस अनुसार कास्कीको संसदीय निर्वाचन तथा बागलुङ र दाङका प्रदेश निर्वाचनहरुमा नेकपा (नेकपा)सित तालमेल गर्न राष्ट्रिय जनमोर्चाले पहल गरिरहेको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसित वार्ताका लागि हामीले प्रस्ताव पठाएका छौं । उनीहरुसित तालमेल हुन सकेमा परस्परको समझदारी अनुसार हामीले कुनै क्षेत्रमा आफ्नो उम्मेदवार खडा गर्ने र कुनै क्षेत्रमा नेकपाका उम्मेदवारलाई समर्थन गर्ने नीति अपनाउन सक्ने छौं । समझदारी नभएमा उक्त तीनवटै क्षेत्रहरुमा हामीले आफ्ना उम्मेदवारहरु खडा गर्ने छौं । हाम्रो चुनावी तालमेल सम्बन्धी नीतिमा भएको एउटा अन्तर माथि पनि केही प्रकाश हाल्न चाहन्छौं । संघ र प्रदेशको चुनावको हकमा नेकपा (नेकपा)सित तालमेलको नीति खुला हुनेछ र स्थानीय तहमा नेपाली कांग्रेससित पनि तालमेल गर्न सकिनेछ ।”

    यी स्थानमा हुनेछ उपनिर्वाचन

    प्रतिनिधसभा अन्तर्गत कास्की क्षेत्र नं‍ २ मा उपनिर्वाचन हुनेछ । त्यहाँबाट निर्वाचित नेकपाका सांसद तथा बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा १५ फागुनमा निधन भएको थियो ।

    यस्तै प्रदेश सभामा तीन सिट खाली छ । दाङ ३ (ख) बाट निर्वाचित उत्तरकुमार ओलीको कार दुर्घटनामा निधन भएपछि खाली भएको हो । भक्तपुर १ (ख) बाट निर्वाचित हरिशरण लामिछानेको उच्च रक्तचाप बढेपछि उपचारका क्रममा निधन भएको थियो । त्यस्तै, बाग्लुङ २ (ख) बाट गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको जन्डिसका कारण निधन भएको थियो ।

    सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाको निधन भएपछि खाली छ । त्यस्तै, तीनवटा गाउँपालिकाको अध्यक्ष पद रिक्त छ । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरी, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खडगबहादुर कटुवाल र पाँचथरको फाल्गुनानन्द गाउँपालिका अध्यक्ष अमरबहादुर नेम्वाङको मृत्यु भएर खाली भएको हो ।

    हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपप्रमुख सिन्धु हमाल शाहीको निधन भएपछि त्यहाँ पनि उपनिर्वाचन हुँदैछ । त्यस्तै, ३६ जिल्लाका ४१ वडाध्यक्ष पद खाली रहेको निर्वाचन आयोगले जनाएको छ ।

    अर्घाखाँची मालारानी गाउँपालिका–३, मोरङ धनपालथान गाउँपालिका–२, पाँचथर हिलिहाङ गाउँपालिका–७, सिरहाको कल्याणपुर नगरपालिका–१२, प्युठानको ऐरावती गाउँपालिका १ र २ तथा प्युठान नगरपालिका–२ मा वडाध्यक्ष पद रिक्त छ । महोत्तरीको मटिहानी नगरपालिका–६, बलवा नगरपालिकाका ८ र २, संखुवासभा खाँदबारी नगरपालिकाका ३ र ५, नुवाकोट दुप्चेश्वर गाउँपालिका–१, सल्यान कुमाखमालिका गाउँपालिका–५, डोटीको आदर्श गाउँपालिका–२, बाग्लुङ बडिगाड गाउँपालिका–२, रामेछाप उमाकुण्ड गाउँपालिका–५, दाङको घोराही उपमहानगरपालिका–१६, बाँकेको कोहलपुर नगरपालिका–१६, सुनसरीको धरान उपमहानगरपालिका–७, बाजुरा त्रिवेणी नगरपालिका–१ मा पनि वडाध्यक्ष पद खाली छ ।

    त्यस्तै, चितवनको खैरहनी नगरपालिकाका ४ र ५, रौटहटको गढिमाई नगरपालिका–२, अछामको मल्लेख गाउँपालिका–५, पर्साको सखुवा–पर्सौनी गाउँपालिका–५, काभ्रेका धुलिखेल नगरपालिका–२, सर्लाहीको हरिपुर्वा नगरपालिका–१, काठमाडौंको दक्षिणकाली नगरपालिका–३, बाराको बारागढी गाउँपालिका–१, गुल्मीको रुरु गाउँपालिका–६, बैतडीको दोगडाकेदार गाउँपालिका–४, सप्तरीको छिन्नमस्ता गाउँपालिका–७, रुपन्देहीको रोहिणी गाउँपालिका–७, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८, कञ्चनपुरको पुनर्वास नगरपालिका–३, खोटाङको साकेला गाउँपालिका–३, नवलपरासीको बुद्धिकाली गाउँपालिका–५ मा वडाअध्यक्ष खाली भएकाले उपनिर्वाचन गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

    मङ्गलबार, कार्तिक ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.