• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

कोरोना विरुद्धको खोप लगाउन उत्साह


  •   बुधबार, फागुन २६, २०७७ मा प्रकाशित
  • शरद शर्मा, काठमाडौं ।
    कोरोना कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि सर्वसाधरणमा उत्साह छाएको छ । अहिले खोप लगाउनका लागि बिहानैदेखि सर्वसाधारणको खोप केन्द्रमा लामो लाइन देख्न सकिन्छ ।

    Advertisement

    दोस्रो चरणको खोप यही फागुन २३ गतदेखि सञ्चालन भइरहेको छ । पैंसठ्ठी वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उपलब्ध गराइने खोपमा अहिले दैनिक दुई लाखभन्दा बढीले खोप लगाइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार खोपप्रति नकारात्मक धारणा परिवर्तन भएपछि खोप लगाउने संख्यामा वृद्धि भइरहेको छ । ‘पहिले खोपबारे नकारात्मक सोचका कारणले खोप लगाउन त्यति उत्साह थिएन’ उहाँले भन्नुभयो, ‘तर अहिले ज्येष्ठ नागरिक बिहानै खोप लगाउन खोप केन्द्र गइरहनुभएको छ ।’

    उहाँले नेपालमा लगाइने खोप ‘कोभिशिल्ड’को प्रभावकारिता पनि ७१ प्रतिशत रहेकाले खोप लगाउने संख्या वृद्धि भएको हो । अहिले भारतको सिरम इन्स्टिच्युटबाट खरीद गरी ल्याइएको खोप ‘कोभिशिल्ड’ लगाउन थालिएको छ । ‘कोभिशिल्ड’ खोप प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा बाबुराम भट्टराई तथा सरकारका मन्त्रीगणसमेतले लगाइसक्नु भएको छ ।

    सरकारले भारतसँग अनुदानमा १० लाख मात्रा र भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाबाट १० लाख खोप मात्रा ‘कोभिशिल्ड’ खरीद गरी ल्याइसकेको छ भने १० लाख मात्रा ल्याउन बाँकी रहेको छ । यस्तै कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार मात्रा खोप पनि नेपाल आइसकेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले खोपको पहुँच पनि पु¥याएको र खोपबारे भएको शङ्का मानिसमा हटेपछि लगाउनेको संख्या वृद्धि भएको छ ।

    दोस्रो चरणको खोप अभियानमा सरकारले अहिले हिमाली भेगका १५ जिल्लाका ५५ वर्षभन्दा माथि र अन्य भेगका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई करीब चार हजार खोप केन्द्रबाट खोप लगाइरहेका छन् । सो खोप अभियानमा १६ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ । ‘नयाँ खोपबारे के हुन्छ कसो हुन्छ भनेर मानिसमा केही जिज्ञासा आएको थियो’ उहाँले भन्नुभयो, ‘तर खोप लगाएपछि कसैलाई सामान्य असर बाहेक जटिल समस्या नदेखिएकाले मानिसमा खोप लगाउन उत्साह आएको हो ।’

    खोप लगाएको ठाउँमा सुन्निने, रातो हुने, दुख्ने, थकाइ र आलल्य महसुस हुने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी हुने, मांशपेशी वा जोर्नी दुख्ने, फ्लु जस्ता लक्षण देखिने गर्दछन् । खोप शाखा प्रमुख डा गौतमले कोभिशिल्ड खोप लगाएपछि सामान्यभन्दा जटिल समस्या नदेखिएको बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक दुई लाखदेखि दुई लाख ५० हजारसम्म मानिसले खोप लगाइरहेका छन् । अहिलेसम्म ११ लाख मानिसले खोप लगाइसकेका छन् ।

    सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने लक्ष्य लिएको छ । पहिलो चरण गत माघ १४ देखि फागुन १० गतेसम्म १।४ प्रतिशत जनसङ्ख्यालाई खोप उपलब्ध गराइएको छ । उक्त अभियानमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो । खोप स्वास्थ्य तथा सामाजिक क्षेत्रका तीन प्रतिशत, ५५ वर्षभन्दा माथिका १७ प्रतिशत, ४० वर्षदेखि ५४ वर्षका ९।५५ प्रतिशत, १५ देखि ३९ वर्ष उमेर समूहका ४२।६२ प्रतिशतलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले मानिसको खोप लगाउने प्रति आकर्षण बढेकोले खोप पु¥याउन नसकिने हो कि भन्ने लागेको बताउनुभयो । सरकारले खरीद गरेको १० लाख मात्रा ‘कोभिशिल्ड’ चाँडै नै आउने उहाँले बताउनुभयो । यस्तै सरकारले ५० लाख मात्रा ‘कोभिशिल्ड’ खोप खरीद गर्ने प्रक्रियासमेत अगाडि बढाइसकेको छ । यसैगरी कोभ्याक्स सुविधामार्फत एक करोड ३० लाख मात्रा खोप नेपालमा आउने भएको छ । पहिलो मात्रा लगाएको आठदेखि १२ हप्ताभित्र लगाएको खोप बढी प्रभावकारी हुन्छ ।

    खोप लगाएपछि पनि कोभिड–१९ बाट बच्नका लागि स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताउनुभयो । नेपालमा अहिलेसम्म कोभिड–१९ को दुई लाख ७४ हजार ८६९ जनालाई सङ्क्रमण, दुई लाख ७० हजार ९७८ जना संक्रमणबाट निको र तीन हजार १२ जना संक्रमणबाट निको भइसकेका छन् । यस्तै नेपालमा निको हुने दर ९८।६ प्रतिशत रहेको छ ।(रासस)

    बुधबार, फागुन २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.