• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

‘अन्तर्राष्ट्रिय साहसी महिला’ घोषित मुस्कान खातुन भन्छिन् : मलालाले पाएको पुरस्कार पाउँदा खुसी लागेको छ


  •   शुक्रबार, फागुन २१, २०७७ मा प्रकाशित
  • काठमाडौं । १५ वर्षको उमेरमा तेजाब हमलामा परेकी मुस्कान खातुन अमेरिकी सरकारको अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्डबाट सम्मानित हुने भएकी छन् । यो पुरस्कार पाउने उनी कान्छीमध्ये एक र नेपालकी पहिलो महिला भएकी नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शुक्रवार बिहानै सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।

    Advertisement

    उक्त अवार्ड मार्च ८ मा भर्चुअल कार्यक्रममा अमेरिकी प्रथम महिला जील बाइडनले प्रदान गर्नेछिन् । उनी सहित यो वर्ष सो सम्मान विश्वभरिबाट छानिएका १४ महिलाले प्राप्त गर्नेछन् ।

    तेजाब हमलामा परेकी मुस्कानले प्रतिष्ठित पुरस्कार पाउँदा आफूलाई थप जिम्मेवारी महसुस भएको र अबका दिनमा यो क्षेत्रमा काम गर्न थप हौसला मिलेको बताएकी बीबीसीले जनाएको छ ।
    ‘यो पुरस्कार मैले पाएँ भनेर मैले आज बिहानै दूतावासबाट फोन आएपछि थाहा पाएँ, एकदमै खुसी लागेको छ र यो क्षेत्रमा अझ धेरै संघर्ष गर्नेछु’ खातुनले भनिन्।

    यसअघि यो पुरस्कार पाकिस्तानमा बालिका शिक्षाका लागि वकालत गर्दै आएकी नोबेल शान्ति पुरस्कार बिजेता मलाला युसाफजाइले पनि पाइसकेकी छन् । खातुनले मलालाले पनि यो पुरस्कार पहिला पाएकी थिइन् भन्ने कुराले आफूलाई थप खुसी तुल्याएको बताइन्।

    ‘मलालाले पाइसकेको पुरस्कार मैले पनि पाएँ भनेर मलाई खुसी लाग्यो। मैले जस्तै अन्य महिलाले पीडा भोग्नु नपरोस् भनेर अझ धेरै काम गर्छु।’

    Drumroll please! धेरै-धेरै बधाई। I’m absolutely thrilled to announce tht Nepal’s Muskan Khatun will be receiving the @StateDept’s International Women of Courage Award for her work to end acid attacks. She’ll be the 1st Nepali to win & 1⃣of the youngest awardees ever!🙏 #IWOC2021 pic.twitter.com/gdbO0a4aEq

    — Ambassador Randy Berry (@USAmbNepal) March 5, 2021

    सन् २०१९ मा मुस्कान १५ वर्षकी छँदा एक किशोरका प्रेम–प्रस्ताव अस्वीकार गरेकोमा तेजाब हमलाको सिकार भएकी खातुन दुईपटक गरेर करिब सात महिना अस्पतालमा उपचाररत थिइन् ।

    अनुहार र शरीरमा चोट लागेकी उनले आफू पीडित भएयता एसिड आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्ने विषयमा आवाज उठाउँदै आएकी थिइन् । सरकारले केही महिनाअघि त्यस्तो अपराध गर्नेलाई कडा सजाय हुनेगरी कानुनमा परिवर्तन गरेको थियो।

    ‘यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो । नेपालस्थित अमेरिकी दूतावासलाई उनको समर्थन र नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्नमा गर्व छ’ दूतावासले आफ्नो वेबसाइटमा लेखेको छ ।

    विगत १५ वर्षदेखि दिँदै आएको यो अवार्ड अहिलेसम्म अमेरिकी सरकारले विश्वभरका ७५ देशका १५५ जनालाई प्रदान गरिसकेको छ । शान्त, न्याय, मानवअधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने महिलालाई यो पुरस्कार दिने बताइन्छ ।

    यो वर्ष विश्वभरिबाट १४ जनाले पाएकोमा दक्षिण एसियाबाट पाउनेमा खातुन र श्रीलङ्काकी एक वकिल छन् । यसअघि दक्षिण एसियामा अफगानिस्तान, बाङ्ग्लादेश, पाकिस्तानलगायत देशका महिलाले पाइसकेका छन् । (बीबीसी)

    शुक्रबार, फागुन २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.