काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि उहाँको अप्रेसन गरिएको छ । बिहीबार अबेर राति एक्कासि बेहोस भएका जोशीलाई शुक्रबार बिहान ५ बजे नै नर्भिक अस्पताल पुर्याइएको थियो ।
Advertisement
जोशीको पारिवारिक श्रोतका अनुसार अप्रेसनपछि उहाँलाई अहिले आईसीयूमा सारिएको छ । डाक्टरले जोशीलाई कम्तीमा चार दिन अस्पतालमै राख्नुपर्ने बताएको परिवारका सदस्यले जानकारी दिए ।
जोशीको मस्तिस्कमा थोरै रगत देखा परेकाले तत्काल अप्रेसन गरिएको हो । चिकित्सकहरुले जोशीको मस्तिस्कघात धेरै जोखिमपूर्ण नभएको बताएको पारिवारिक स्रोतले बताएको छ ।