तिलक थापा, बागलुङ ।
अखिल (छैठौं) ढोरपाटन नगरपालिकाको भेला सम्पन्न भएको छ । भेलाले मिलन सुनारको अध्यक्षतामा ११ पूर्ण ४ र वैकल्पिक गरी १५ सदस्यीय नगर समिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा एलिना विक, सचिवतेजिन्द्र श्रिपाली, सहसचिव मदन भुसाल र कोषाध्यक्षमा निलम अदै र अन्य सदस्यमा रहनु भएको छ । भेलाको उद्घाटन अखिल (छैठौं) बागलुङका अध्यक्ष ईन्द्रमणि पाण्डेले मैनबत्ती बालेर गर्नु भएको थियो ।
भेलामा बोल्दै अध्यक्ष पाण्डेले राजनीति आफैमा सिकाइ प्रकिया भएका कारण सबै विद्यार्थी सक्रिय रुपमा राजनीतिमा लाग्न आब्हान गर्नु भयो ।
कार्यक्रममा अखिल नेपाल बुद्धिजिवी संघका धनबहादुर कुँवर, राजमो नेता कुलबहादुर छन्त्याल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
निबर्तमान नगर अध्यक्ष विवश छन्त्यालको अध्यक्षता, मदन भुसालको स्वागत र मिलन सुनारको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।