कपिलवस्तु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) शिवराज नगर समिति र अखिल नेपाल बाल संघ खरेन्द्रपुरको संयुक्त आयोजनामा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
आज खरेन्द्रपुरमा सम्पन्न फुटबल प्रतियोगितामा तर्फ ४ टीमले भाग लिएका थिए । जस अनुसार शिवराज नगर पालिका वडा नं ५ को अखिल (छैठौं) को टीम प्रथम भएको थियो । त्यस्तै, शिवराज नगरपालिका वडा नं ३ मद्यवा, धनगदवाको टीम दोस्रो र खरेन्द्रपुर तेस्रो भएका छन् । शिवराज ११ नयाँवस्तिको टीमले चौथो स्थान लिएको थियो ।
यस्तै, अखिल (छैठौं) को दौड प्रतियोगितामा विक्रम सुनार प्रथम, लक्की खान दित्तिय, र प्रचण्ड सुनार तृतीय भएका थिए । यसैगरी अखिल नेपाल बाल संघतर्फ गगन विक प्रथम, रणवीर पुन दित्तिय, र वसन्त घर्ति तिर्तिय भएका थिए ।
बाल संघको घैंटो फोर कार्यक्रममा सागर घर्ति सफल भएका थिए ।विजयी सबैलाई राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रीय सदस्य केरसिंह अदैले शैक्षिक सामग्रीले पुरस्कृत गर्नु भएको थियो ।