• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

कोभिशिल्ड खोपको प्रभावकारिता बारे के भन्छन् विज्ञ ?


  •   सोमबार, फागुन ०३, २०७७ मा प्रकाशित
  • काठमाडौं । कोभिड १९ कोरोना भाइरसविरुद्ध नेपालमा दिइएको कोभिशिल्ड खोप प्रभावकारी भएकाले आम समुदायसम्म पु-याउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

    Advertisement

    सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले काठमाडौंमा आयोजना गरेको कोभिड १९ को महामारी र कोभिड विरुद्ध खोपको प्रभावकारिता विषयक अन्तरक्रियामा बोल्दै विज्ञहरुले कोभिशिल्ड खोप प्रभावकारी भएको भन्दै यसलाई आम मानिसहरुसम्म पु-याउनुपर्नेमा जोड दिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोभिशिल्ड खोपबाट नडराई सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप खोपलिन आग्रह गर्नुभयो । सरकारले प्रतिबद्धता गरेभन्दा एकमहिना अगाडि नै खोप अभियान सुरु गर्नु सरकारको सफलता भएको उहाँको भनाई छ ।

    खोप विज्ञ डा. श्याम राज उप्रेतीले अध्ययनले कोभिशिल्ड खोप ७० प्रतिशत भन्दा बढी प्रभावकारी भएको बताउनुभयो । कोभिशिल्ड खोप लगाईसकेपछि कोरोना लागेपनि मृत्यु कम हुने, अस्पताल जानुपर्ने अवस्था नआउने तथा सिकिस्त बिरामी नपर्ने उहाँको भनाई छ । भ्याक्सिन लगाएमा कोरोनाको संक्रमण भएपनि रोग लाग्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । खोपले ब्यक्तिलाई कोरोना संक्रमणबाट बचाएपनि अर्को ब्यक्तिलाई सार्नसक्ने क्षमता भने रहने भएकाले खोप लगाएपनि जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उहाँले बताउनुभयो ।

    खोप विज्ञ उप्रेतीले १८ वर्ष मुनिका बालबालिकामा परिक्षण हुँदै गरेकाले अहिले खोप नदिईने बताउनुभयो । गर्भवती महिला र खोपको पहिलो चरण लगाउँदा सिकिस्त बिरामी परेकाहरुलाई पनि खोप नदिने जानकारी दिनुभयो ।

    त्यसैगरी, उच्च ज्वरो हुँदा, रगत पातलो हुने औषधिको प्रयोग भइरहेको छ भने पनि कोभिशिल्डको प्रयोग गर्नुनुहुने विज्ञ उप्रेतिले बताउनु भयो । पहिले दुध खुवाईरहेकी आमालाई खोप प्रयोग नगर्ने भनिएको भएपनि अब दुध खुवाईरहेकी आमालाई खोप दिन सकिने उहाँले बताउनुभयो ।

    विश्व स्वास्थ्य संगठनले नै पहिलो मात्रा लगाएको चार हप्ताको अन्तरमा दोस्रो मात्रा खोप लगाउँदा प्रभावकारी हुने भनेको भएपनि अहिले भने ८ हप्तादेखि १२ हप्ताको अन्तरमा खोप दिएमा बढी प्रभावकारी हुने अध्ययनले देखाएको बताउनु भयो । नेपाल सरकारले पनि दोस्रो मात्रा ८ हप्तापछि मात्रै दिने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।

    खोप लगाइसकेपछि कति समयसम्म प्रभावकारी हुन्छ भन्ने अध्ययन भइरहेको उहाँको भनाई छ । बेलायत र दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ प्रकृतिको भाइरस विरुद्धमा पनि कोभिशिल्डले केही प्रभावकारीता देखाएको उहाँले बताउनुभयो । खोपको गम्भीर प्रकारको साइड इफेक्ट नदेखिएको भन्दै उहाँले सामान्य इफेक्ट देखिएको र त्यसको २४ देखि ७२ घण्टा सम्ममा निको हुने बताउनुभयो ।

    कार्यक्रममा बोल्दै जनस्वास्थ्य विज्ञ तथा खोपपश्चात हुनसक्ने अवान्छित घटना निरुपण समिति सदस्य केदार बरालले कोभिड नियन्त्रण गर्नका निम्ति सबैले आ–आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । कोभिड नियन्त्रणका लागि समुदायलाई शसक्तिकरण गर्न तथा शिक्षा दिन सरकार अझैपनि चुकेको उहाँको भनाई छ । जनस्वास्थ्यको मापदण्ड पालना गराउनुपर्नेमा उहाँको जोड छ ।

    औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले आम जनसमुदायलाई निर्धक्क र ढुक्क सँग खोप लगाउन आग्रह गर्नुभयो । अध्ययन र अनुसन्धानहरुले खोपको प्रभावकारीता देखाएको भन्दै उहाँले खोप सुरक्षित र गुणस्तरीय रहेको दाबी गर्नुभयो ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बास्तोलाले कोभिशिल्ड खोपले रोग प्रतिरोधात्मक क्षमता र रोग प्रतिरोधात्मक एन्टीबडी बढाउने बताउनुभयो । खोपले शरिरमा रोग प्रतिरोधात्मक क्षमता लामो समयसम्म बस्न सक्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । आगामी दिनमा कोरोना भाइरसविरुद्धको खोप प्रत्येक वर्ष लगाउनुपर्ने अवस्था पनि आउनसक्ने उहाँको भनाई छ ।

    खोप लगाएपछि साधारण असर देखापर्ने भन्दै उहाँले असर देखिएको अवस्थामा पारा सिटामोल तथा झोलिलो पदार्थहरु खान सुझाव समेत दिनुभयो । ५-७ दिनसम्म असर देखा परेमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नपर्ने उहाँको भनाई छ । कोरोना संक्रमणबाट निको भएकाहरुले पनि खोप लगाउँदा झनै फाइदा पुग्ने उहाँले बताउनुभयो । कोभिशिल्डको प्रभावकारीताको लागि दोस्रो मात्रा आवश्यक रहेको उहाँले जानकारी दिनुभयो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले कोरोना विरुद्धको अरु खोप ल्याउन सरकार बटिबद्ध रहेको बताउनुभयो । सरकारले अत्यावश्यक उमेर समुहलाई पनि लगाउने उहाँको भनाई छ । छिट्टै आम जनमानसमा खोप पु¥याउने उहाँले बताउनुभयो ।

    सरकारले भारत सरकारसँग माघ ८ गते कोभिड १९ कोरोना भाइरसविरुद्धको दश लाख मात्रा कोभिशिल्ड खोप ल्याएको थियो । पहिलो र दोस्रो चरण गरी प्राथमिकताका आधारमा लाखौँ जनतालाई खोप लगाइसकिएको छ ।

    सोमबार, फागुन ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.