काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा कोरोनाका कारण मृत्यु नभएको बताएको छ ।
Advertisement
हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार २० पुगेको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा थप २१३ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार २१३ सहित हालसम्म संक्रमित हुनेको कूल संख्या दुई लाख ७० हजार ५८८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा निको भएका २९६ जनासहित कोरोनाबाट निको हुनेको कूल सङ्ख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । हाल ११३ क्वारेन्टिनमा र २०३ जना आइसोलेशनमा छन् ।