• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

महिनावारीको समयमा बेहोस हुने समस्या, यस्तो छ कारण


  •   मङ्गलबार, असोज २८, २०७६ मा प्रकाशित
  • ‘ओभरियन सिस्ट’ डिम्ब निर्माण प्रकृयासँग सम्बन्धित एक स्त्री रोग हो । ओभरियन सिस्ट एक तरल पदार्थले भरिएको थैली हो । जो महिलाहरुको एक या दुवै अण्डासयमा बन्ने गर्दछ । यो एक आम समस्या हो जुन कुनैपनि महिलामा हुनसक्छ । कसैका लागि भने यो धेरै हानिकारक समेत हुने गर्छ ।

    Advertisement

    ओभरियन सिस्ट भयो भनेर डराउनुपर्ने कुनैपनि कुरा छैन । यस प्रकारको सिस्ट धेरैजसो घातक हुँदैनन् र केही समयपछि आफैं हराउँछन् । तर, कहिलेकाहीँ यो सिस्ट्स फुट्यो भने यसले गम्भीर समस्या सिर्जना पनि गर्न सक्छ ।

    के हो ओभरियन सिस्टको लक्षण ?

    ओभरियन सिस्ट हुँदा केही भिन्न खालका लक्षणहरु देखिन्छन्, ती लक्षण एवं संकेतहरु यस्ता हुन्छन् ।
    – यो रोग लागेपछि तल्लो पेट वा पेल्भिसमा सामान्य किसिमको पीडा सुरु हुन्छ । यौन सम्पर्क गर्ने बेलामा यो पीडा धेरै बढ्ने गर्छ ।

    – यो समस्या भएका महिलाहरुमा महिनावारीको समय, सुरु वा अन्त्य समयमा पीडा महसुस हुने गर्छ । यस्तो रोग लागेका महिलाहरुको पाठेघरबाट असामान्य रुपमा रगत बग्ने गर्छ । यस्तो रोग लागेका मानिसहरुको महिनावारी समेत गडबडी हुनसक्छ ।

    – यो रोग लागेको महिलाको पेट भारी हुने, हावा भरिएको महसुस हुने र पेट फुल्ने समस्या हुन्छ ।

    – यो समस्या भएपनि डिम्बासयमा सिस्ट (पानीका फोका) फुटेको बेलामा तल्लो पेटको एक पाखोमा अचानक तीक्ष्ण पीडा महसुस हुन्छ ।

    – पिसाब लाग्ने अवधिमा परिवर्तन आउने वा पिसाब अड्किने वा मलाशय आसपासको भागमा दबाव पर्ने हुनाले दिसा गर्ने समयमा पीडा हुन्छ ।

    – यो समस्याले गर्दा धेरै थकाइ लाग्ने, टाउको दुख्ने, वाकवाक लाग्ने वा वान्ता हुने गर्दछ । साथै शरीरको तौल पनि कम हुने गर्छ ।

    कसरी र किन बन्छ ओभेरियन सिस्ट?

    ओभेरियन सिस्ट पनि दुई प्रकारका हुन्छन् । पहिलो कार्यात्मक र दोस्रोमा अन्य ओभेरियन सिस्ट्सको निर्माण हो । पहिलो सिस्ट्स मासिक धर्मको कारण बन्छ । जुन असाधारण कोसिकाहरु बढ्दै जाँदा बन्ने गर्छ । यो प्रायः हानिकारक हुँदैन र धेरै महिलाहरुमा यो देख्ने गरिन्छ ।

    तर, दोस्रो सिस्ट्स कमै महिलाहरुमा पाउने गरिन्छ । यस प्रकारको सिस्ट ती कोशिकाहरुबाट बन्ने गर्दछ, जसबाट अण्ड बन्ने गर्छ । जुन गर्भाशयको बाहिर पनि हुने गर्दछ । यसरी बन्ने सिस्ट्स आकारमा ठूला र फुट्ने ज्यादा खतरा हुन्छ । यसप्रकारको ओभेरियन सिस्ट्स क्यान्सरयुक्त पनि हुनसक्छ, जसलाई तुरुन्त हटाउनुपर्दछ ।

    कसरी गर्ने यसको उपचार ?

    यसको उपचार मात्रै केही स्थितिमा मात्रै हुने गर्दछ । ओभेरियन सिस्ट्स आकारमा ४ से।मी।भन्दा कम हुन्छ र जसमा सफा तरल पदार्थ पाइन्छ । यसमा प्रायः कुनैपनि उपचारको आवश्यकता पर्दैन । तर, यो बढेर ५ से।मी। वा त्योभन्दा धेरै भयो भने यसको उपचार जरुरी हुन्छ । किनकी ढिलागरी यसको उपचार गराउनुले समस्या झनै जटिल हुन्छ ।

    यो सिस्ट्स हटाउने एउटा उपाय हो ल्याप्रोस्कोपिक सर्जरी । जसलाई ओभेरियन सिस्टेक्टोमी पनि भन्ने गरिन्छ । यो विधिबाट उपचार गरेपछि बिरामीको कोसिकामा क्यान्सरयुक्त पदार्थ छ कि छैन भनेर जाँच गर्न पठाइन्छ ।

    कस्तो अवस्थामा गर्ने अल्ट्रासाउन्ड ?

    बच्चा जन्माउने उमेरका महिलामा अल्ट्रासाउन्ड गरेर सामान्य सिस्ट पत्ता लागेको छ भने फलोअप उपचारमा जाँदा फेरि अल्ट्रासाउन्ड गरिरहनु आवश्यक छैन । सामान्यतया ५ सेन्टिमिटरभन्दा साना सिस्टहरू डिम्बासयमा देखिने ससाना थैलीहरू मात्र हुन् । महिनावारी नरोकिएका वयस्क महिलाहरूमा देखा परेका ५ देखि ७ सेन्टिमिटरसम्मका सामान्य सिस्टहरू प्रत्येक वर्ष परीक्षण गर्नुपर्छ ।

    त्यस्तै ७ सेन्टिमिटरभन्दा ठूला सिस्टहरू देखापरेको खण्डमा विस्तृत अध्ययनको लागि एमआरआई वा शल्यक्रिया गर्नुपर्ने हुन्छ । किनकी अल्ट्रासाउन्ड तरंगको भित्र छिर्ने क्षमता सीमित हुनाले यसले ठूला आकार भएका सिस्टको नरम तन्तुमा गाँठा बनेको छरछैन वा डिम्बाशयको भित्तामा कति बाक्लो पत्र ९सेप्टम० बनेको छ हेर्न सम्भव छैन ।

    मङ्गलबार, असोज २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    डा. केसीलाई अनशलस्थल छाड्न पत्र पठाइयो
    डा. केसीको अनशन विरुद्ध अर्को अनशनको चेतावनी
    डा गोविन्द केसीको चौबिसौँ अनशन धनगढीमा सुरु
    डा. गोविन्द केसी साउन ५ देखि अनसनमा बस्दै
    बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.