• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

राष्ट्रिय जनमोर्चा प्रतिनिधि सभा पुनर्स्थापनाको आन्दोलनका साथै निर्वाचन गतिविधमा सामेल हुने


  •   बुधबार, पुष २९, २०७७ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभा विघटनका विरुद्ध देशव्यापी सङ्घर्ष गर्नुका साथै निर्वाचन कार्यालयको नियमित गतिविधिमा सामेल हुने बताएको छ ।

    Advertisement

    राजमो अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७७ पुस २९ गते प्रकाशित प्रेसवक्तव्यमार्फत यस्तो घोषणा गरिएको हो ।

    संसद विघटन, सङ्घीयताको खारेजी, महङ्गी, भ्रष्टाचारको अन्त्यका लागि विरोध गर्न तथा विघटित संसदको पुनःस्थापना, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका लागि सङ्घर्ष चलाउँदै निर्वाचनसित सम्बन्धित नियमित गतिविधिमा जोड दिइएको उक्त वक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “ओली सरकारले प्रतिनिधि सभाको विघटन गरी मध्यावधी निर्वाचनको घोषणा गरेपछि जिल्लास्थित निर्वाचन कार्यालयबाट सर्वदलीय बैठक बस्नका लागि जिल्लास्थित राजनीतिक दलहरूलाई बोलाएको छ । त्यसबारे राष्ट्रिय जनमोर्चाको धारणा स्पष्ट गर्न यो वक्तव्य जारी गरिएको छ ।

    १. निर्वाचन कार्यालयद्वारा निर्वाचनसम्बन्धी गरिने नियमित कामहरूका विषयमा (मतादाता नामावली, मतदान केन्द्र आदि) जिल्ला निर्वाचन कार्यालयले आयोजना गर्ने सर्वदलीय, सर्वपक्षीय बैठकहरूमा हाम्रो पार्टीको तर्फबाट पहिलेदेखि नै सहभागी हुने नीति छ । त्यस प्रकारका बैठकमा यस पटक पनि जाने हाम्रो नीति हुने छ ।

    २. ओली सरकारले असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादी शैलीबाट सार्वभौम जनताको संसद विघटन गरी निर्वाचनको मिति तोकेको विषयप्रति हाम्रो पार्टीको गम्भीर विरोध छ । विघटित संसदको पुनःस्थापना हुनुपर्छ भन्ने हाम्रो पार्टीको जोडदार माग र त्यसका लागि पार्टीले देशव्यापी सङ्घर्षका कार्यक्रमको घोषणा गरी कार्यक्रम अगाडि बढाइरहेको छ । निर्वाचन कार्यालयद्वारा गरिने नियमित कामको विषयमा बोलाइएका सर्वदलीय बैठकमा हाम्रो सहभागिता हुने भएता पनि संसद विघटनका विरुद्ध र विघटित संसदको पुनःस्थापनाको पक्षमा हाम्रो निरन्तर जोड रहने छ ।

    ३. संसदको विघटन, सङ्घीयताको खारेजी, महङ्गी, भ्रष्टाचारको अन्त्यका लागि विरोध गर्न तथा विघटित संसदको पुनःस्थापना, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका लागि पार्टीद्वारा सङ्घर्षको घोषणा गरिएको छ । उल्लिखित सङ्घर्षका कार्यक्रम एकल वा मिल्न सक्ने कुनै पनि विषयमा सहमत हुने अन्य पक्षसँग (राजावादी र राप्रपाबाहेक) संयुक्त भएर जान सकिने छ । सङ्घर्षका कार्यक्रमलाई परिणाममुखी बनाउन हामीले सङ्घर्षको विषयलाई आधारभूत जनताको बिचमा पुर्याउन जरुरी छ । जनबलबाट नै प्रतिगमनलाई परास्त गर्न सकिने हुँदा सबै जनसमुदायलाई सङ्घर्षको मोर्चामा सामेल हुन अपिल गर्दछौँ ।”

    बुधबार, पुष २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.