• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रतिगमन विरुद्ध सडकमा ओर्लिए लेखक–कलाकारहरू (फोटो)


  •   आइतबार, पुष २६, २०७७ मा प्रकाशित
  • प्रकाश थापामगर/काठमाडौँ ।।
    प्रतिनिधि सभा विघटनको विरुद्धमा लेखक–कलाकारहरू सडकमा ओर्लिएका छन् ।

    Advertisement

    प्रगतिशील लेखक सङ्घ, रक्तिम सांस्कृतिक अभियान, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ र जनसांस्कृतिक महासङ्घसम्बद्ध लेखक–कलाकारहरू २०७७ पुस २६ गते माइतीघर मण्डलामा ओर्लिएर विरोध व्यक्त गरेका हुन् ।

    कार्यक्रमको सञ्चालन गर्दै प्रगतिशील लेखक सङ्घका महासचिव समीर सिंहले प्रगतिशील लेखक–कलाकारहरूले खालि कविता, कथाजस्ता साहित्य लेख्ने मात्रै सीमित रहने होइन, परिस्थितिअनुसार सडकमै ओर्लिएर विरोध व्यक्त गर्ने गरेको बताउनुभयो ।

    महासचिव सिंहले लेखक–कलाकारहरू परिस्थितिअनुसार कहिले कलमको मोर्चाबाट त कहिले सडकमै ओर्लिएर विरोध प्रदर्शन गर्ने परम्परानुसार अहिले ओली सरकारको प्रतिगामी कदमको विरोध गरिएको र आगामी दिनमा पनि यो सिलसिला यथावत रहने बताउनुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै प्रलेसका उपाध्यक्ष गोपीरमण उपाध्यायले ओली सरकारको प्रतिनिधि सभा विघटन गर्ने घोषणा आफ्ना लागि अकल्पनीय भएको बताउनुभयो ।

    उहाँले प्रधानमन्त्री ओलीले दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेकाले प्रतिनिधि सभा नै विघटन गरिहाल्लान् भनेर आफूले नचिताएको बताउँदै त्यसको सशक्त विरोध आवश्यक रहेको बताउनुभयो ।

    त्यसैगरी, प्रलेसका पूर्व केन्द्रीय सचिव पुण्य गौतमले पनि ओलीको जनविरोधी संसद विघटनका विरुद्ध लेखक–कलाकारहरू अग्रपङ्क्तिमा रहेर विरोध गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    कार्यक्रममा कविता र गीतमार्फत पनि ओली सरकारको प्रतिगामी कदमको विरोध गरिएको थियो ।

    त्यस क्रममा बम बानियाले ‘जोक्कर महाराज” शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो भने केशव सिलवालले ‘छुच्चो बादशाह’ शीर्षकमा कविता सुनाउनुभएको थियो ।

    एवम् प्रकारले चेतनाथ धमलाले ‘रामशाहपथको अज्ञात घरबाट’, चीनका लागि पूर्व राजदूत डा. महेश मास्केले ‘एक्काइसौँ शताब्दीको बादशाह र नयाँ लुगा’, बाबा बस्नेतले ‘जङ्गबहादुर’, पारस ढकालले ‘प्रतिगमन मुर्दावाद’ र भीमा गौतमले ‘आगोको रगत’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज आश्रमले ‘छोड छोड साम्राज्यवाद’ र जनगायक प्रदीप देवानले ‘रक्तक्रान्तिको’ शीर्षकको गीत गाउनुभएको थियो ।

     

    आइतबार, पुष २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारीमा ठगीको जालो पुस्तक विमोचन
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.