काठमाडौं । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार २१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ५५४ जना कोरोना संक्रमित थपिएका छन्।
Advertisement
१८८ महिला र ३६६ पुरुषमा कोरोना संक्रमण देखिएको हो । आज ५ हजार २६९ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या दुई लाख ६४ हजार एक सय ५९ पुगेको छ ।
त्यस्तै २४ घन्टामा ५८५ जना कोरोना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै निको हुनेको संख्या दुई लाख ५७ हजार २२९ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ६ जना कोरोना संक्रमितको निधन भएसँगै हालसम्म निधन हुनेको संख्या १ हजार ९०९ पुगेको छ ।