काठमाडौं । गएको २४ घण्टामा नेपालमा ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यस्तै, ६३७ जना कोरोनामुक्त भएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले ५ हजार ८०० जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टी भएको जानकारी दिनुभयो । यस्तै, आज ६३७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।
आज काठमाडौंमा उपत्यकामा १९७ जना कोरोना संक्रमित भेटिएका छन्। डा. गौतमका अनुसार भक्तपुरमा ११, ललितपुरमा २६ र काठमाडौंमा १६० जना संक्रमित देखिएका हुन् ।
गत बुधबारदेखि आजसम्म दुई हजार ३११ जनामा कोरोना संक्रमण पुष्टी भएको र ती हजार १८२ जना संक्रमणमुक्त भएका डा. गौतमले बताउनुभयो । यो अवधिमा ३८ जनाको निधन भएको छ ।
नेपालमा हालसम्म दुई लाख ५४ हजार ४९४ जना कोरोना संक्रमणमुक्त भएका छन्, जुन ९७.२ प्रतिशत रहेको छ ।

