शंकरप्रसाद पोख्रेल/तम्घास ।।
गुल्मी कालीगण्डकी गाउँपालिका वडा नं. ४ पुर्तिघाटको बेलबुटामा २०७७ पुस १४ गते राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य रामकुमार क्षेत्रीको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको हो ।
पूर्णबहादुर थापासमेत अतिथि रहनुभएको उक्त भेलाले खिमबहादुर बुढाको अध्यक्षतामा १९ सदस्यीय बेलबुटा टोल समिति गठन गरेको छ; जसको उपाध्यक्षमा दुर्गा थापा, सचिवमा प्रकाश सुनाम, सहसचिवमा सिर्जना बुढा र कोषाध्यक्षमा चुरामणि तिवारी रहनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा टेकबहादुर सलामी, बिसन बुढा, मनोज विक, रेख बुढा, मोहन सलामी र बाबुराम तिवारी रहनुभएको छ ।
त्यस्तै, वैकल्पिक सदस्य दिपक विक, शोभा तिवारी, ज्ञानुमाया सलामी र सीता सलामी रहनुभएको छ ।
भेलाले सल्लाहकारमा रिमा तिवारी, रेमु विक, सीमा विक र लक्ष्मी विकलाई चयन गरेको छ ।
