प्युठान । अखिल नेपाल युवक संघ झिमरुक गाउँपालिका वडा न.४ को वडा भेला सम्पन्न भएको छ । भेलाले ठाकुर विक्रम जिसिको अध्यक्षतामा १३ सदस्यीय वडा समितिको चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रेशम पुन, सचिवमा सन्तोष घर्ती मगर, सहसचिवमा मनोज विक र कोषाध्यक्षमा सुना जिसि चयन हुनुभएको छ । यसैगरी समितिको सदस्यहरुमा नुमबहादुर पुन, प्रकाश जिसि, लक्ष्मण विक्रम जिसि, दुरपता विक, मोहन परियार, सरिता रोका, हरि रोका र हरि पोख्रेल चयन हुनुभएको छ ।

भेलाको प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार वीरवहादुर जिसि, राजमो जिल्ला सदस्य तथा वडा न ४. का अध्यक्ष सिताराम पोख्रेल, अखिल नेपाल युवक संघका जिल्ला सदस्य लिमानसिंह जिसि, युवक संघ झिमरुकका अध्यक्ष भरत ढकाल, राजमो पालिका सदस्य नोजबहादुर पुन, ४ न वडा सदस्यहरु इन्द्रबहादुर पुन, गोमा विक लगाएतका स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।
भेलाको अध्यक्षता युवक संघका रामबहादुर केसीले गर्नुभएको थियो भने स्वागत तेजबहादुर विक र सञ्चालन हिमालविक्रम जिसिले गर्नुभएको थियो ।
