कैलाली । २२ राजनीतिक दल तथा सङ्घसंस्थाले अन्तरक्रियासहित १२८औँ माओदिवस मनाएको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य मनोज भट्टले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।

राजमो केन्द्रीय सदस्य मनोज भट्टले “अन्तर्राष्ट्रिय कम्युुनिस्ट आन्दोलनमा क. माओका योगदान” विषयक अवधारणा पत्र प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा नेकपा (माले) का स्थायीय कमिटी सदस्य दिनानाथ घिमिरे, नेकपाका दिनेशचन्द्र सुवेदी वरिष्ठ पत्रकार मनमोहन स्वाँर र समाजवादी राष्ट्रिय मञ्चका देवीदत्त पाण्डेले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता नेकपा (क्रान्तिकारी–माओवादी) का चिन्तक रामबहादुर महराले गर्नुभएको थियो भने सञ्चालन समाजवादी राष्ट्रिय मञ्चका महासचिव माधव विष्टले गर्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चा कैलालीका सचिव जगत् जोशीले कार्यक्रममा उपस्थित सहभागीलाई स्वागत गर्नुभएको थियो ।
राजमो केन्द्रीय सदस्य मनोज भट्टको अवधारणा पत्र
अन्तर्राष्ट्रिय कम्युुनिस्ट आन्दोलनमा क. माओका योगदान