• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रचण्ड–माधव समूह ‘आधिकारिक’ नेकपा भएको दाबीसहित निर्वाचन आयोगमा


  •   बुधबार, पुष ०८, २०७७ मा प्रकाशित
  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले मङ्गलबारको केन्द्रीय कमिटीको बैठकबाट भएका निर्णयहरू निर्वाचन आयोगमा बुझाएको छ । प्रचण्ड–माधव समूहको मङ्गलबार बसेको केन्द्रीय कमिटीको निर्णयबाट अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरेको निर्णय लिएर नेताहरू बुधबार आयोग पुगेका हुन् ।

    Advertisement

    नेताहरूले केन्द्रीय कमिटीका बहुमत सदस्यहरूको हस्ताक्षरसहित बैठकका निर्णयहरू आयोगमा बुझाएका छन् । नेकपाका नेता सुरेन्द्र पाण्डेलगायतका नेताहरू निर्वाचन आयोग पुगेर अध्यक्ष ओलीलाई अध्यक्षबाट निस्कासन गरी वरिष्ठ नेता नेपाललाई अध्यक्ष चयन गरेको निर्णय आयोगमा पेस गरेको हो ।

    केन्द्रीय कमिटीका निर्णयहरू आयोगमा पेस गरेपछि पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै नेता पाण्डेले २ सय ८७ जनाको बैठकमा उपस्थित भएर निर्णय गरेको हस्ताक्षर र तीन जना उपस्थित हुन नसकेको निवेदनसहित दुई सय ९० जनाको हस्ताक्षरसहितको निर्णय आयोगमा बुझाएको बताउनुभयो ।

    उहाँले तत्कालीन नेकपा (एमाले) र एकीकृत माओवादीबिचको एकतापछि कायम भएको चार सय ४१ केन्द्रीय कमिटी र पछि थप भएका चार जना सहित चार सय ४५ जना नै केन्द्रीय सदस्यहरूको अन्तिम नामावली भएको बताउनुभयो । उहाँले चार सय ४५ मध्ये तीन जनाको मृत्यु भएको, पाँच जना विभिन्न संवैधानिक निकायमा नियुक्ति पाएको र तीन जना राजदूत भएर गएपछि कायम भएको चार सय ३४ केन्द्रीय सदस्यमध्येको बहुमत सदस्यहरूको निर्णय नै अन्तिम हुने बताउनुभयो । उहाँले करिब ७० प्रतिशत केन्द्रीय सदस्यहरू आफूहरूसँग रहेको पनि दाबी गर्नुभयो ।

    मङ्गलबार बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट निस्कासन गरी वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो ।

    सरकारले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजनतर्फ उन्मुख भएको छ । अध्यक्ष ओली समूहले पनि मङ्गलबार बालुवाटारमा केन्द्रीय सदस्यहरूको भेला गरेर आफ्नो समूह नै आधिकारिक भएको दाबी गरेको थियो । अध्यक्ष ओली समूहको केन्द्रीय सदस्यहरूको बैठकले केन्द्रीय कमिटीमा पाँच सय ५६ जना सदस्यहरू थप गरेको थियो । उक्त निर्णय ओली पक्षले मङ्गलबार नै आयोगलाई बुझाइसकेको छ ।

    बुधबार, पुष ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी
    राजमो रुपन्देहीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.