• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

सातमध्ये पाँचवटा प्रदेश सरकार डगमग, कुन प्रदेशमा कस्तो अवस्था ?


  •   बुधबार, पुष ०८, २०७७ मा प्रकाशित
  • काठमाडौं । दुई तिहाई बहुमत प्राप्त सत्तारुढ दल नेकपाको विभाजन भएसँगै प्रदेश सत्ता समिकरण पनि फेरबदल हुने भएको छ । प्रदेश २ बाहेक ६ वटा प्रदेशमा नेकपाको बहुमतको सहकार थियो । तर, पार्टी विभाजनपछि ती सरकारहरु पनि परिवर्तन हुने अवस्था आएको हो ।

    Advertisement

    प्रदेश २ मा जनता समाजवादी पार्टीको सरकार भएका कारण र सुदूरपश्चिम प्रदेशमा प्रचण्ड–नेपाल पक्ष स्पष्ट बहुमतमा रहेका कारण ती दुई प्रदेश सरकार तत्काल परिवर्तन हुने देखिँदैन । त्यसबाहेक पाँच वटा प्रदेशमा समिकरण फेरबदल भएसँगै सरकार पविर्तनको खेल सुरु भइसकेको छ ।
    कुन प्रदेशमा कस्तो अवस्था ?

    प्रदेश १
    प्रदेश १ सभामा रहेका ९३ सदस्यमा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १र१ जना सांसद छन्  । नेकपाका ६७ मध्ये दाहाल–नेपाल पक्षमा ४२ र ओली पक्षमा २२ जना छन्  । तीन जना भने तटस्थ देखिएका हुन् । सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक हुन्छ । यहाँ नेकपा विभाजनपछि कुनै दलको स्पष्ट बहुमत नहुने देखिएको छ । त्यसैले प्रदेश १ मा कम्तीमा दुई दल सम्मिलित सरकार बन्नेछ ।

    प्रदेश १ मा ओली पक्षधर शेरधन राई मुख्यमन्त्री छन् ।

    प्रदेश २
    १०५ सदस्य रहेको प्रदेश २ मा हाल सरकार सञ्चालन गरिरहेको जनता समाजवादी पार्टीसँग ५४ सिट छ भने नेकपाका ३२ जना सदस्य रहेका छन् । कांग्रेसको १९ सिट छ । यो प्रदेशमा नेपाल–दाहाल समूह बलियो देखिन्छ । प्रदेशसभामा दाहाल–नेपाल समूहका १९ र ओली समूहका १३ सांसद छन् ।
    केन्द्रीय राजनीतिको प्रभावले प्रदेश २ मा नेकपा संसदीय दल विभाजन भएपनि त्यसको असर सरकारमा पर्ने देखिँदैन । जसपाका लालबाबु यादव प्रदेश २ का मुख्यमन्त्री छन् ।

    वागमति प्रदेश
    वाग्मती प्रदेशसभामा १ सय १० सांसदमध्ये नेकपाका ८० जना छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २२, विवेकशील साझा दलका ३, राप्रपाका २, नेमकिपा २ र स्वतन्त्र सांसद् १ जना छन् । नेकपाका ८० सांसदमध्ये ओली पक्षका ३४ जना सांसद छन् । दाहाल–नेपाल पक्षका ४६ जना सांसद छन् ।

    यो प्रदेशमा पनि ओली पक्षका मुख्यमन्त्री डोरमणी पौडेल अल्पमतमा देखिन्छन् । त्यहाँ उनलाई हटाउन चलखेल सुरु भइसकेको अवस्था छ । सांसद संख्याका आधारमा ओली पक्ष र कांग्रेस वा कांग्रेस र दाहाल नेपाल पक्षको सत्ता समिकरण बन्न सक्ने देखिन्छ ।

    गण्डकी प्रदेश
    ६० सदस्यीय प्रदेशसभामा एकीकृत हुँदा नेकपाका ४० सांसद थिए । कांग्रेस १५, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादीका २ सांसद छन् ।

    नेकपाका ४० सांसदमध्ये हालसम्म ओली पक्षमा २७ सांसद देखिएका छन्  । सरकारलाई राष्ट्रिय जनमोर्चाको समर्थन छ । प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ओलीका विश्वासपात्र हुन् । यो प्रदेशमा पनि सरकार अल्पमतमा परेको छ । तर, राष्ट्रिय जनमोर्चाको समर्थन पाउने आशामा देखिन्छ ।

    लुम्बिनी प्रदेश
    ८७ प्रदेशसभा सदस्य रहेको लुम्बिनी प्रदेशमा नेकपाका ६१ सदस्य छन् । त्यसमा ओली पक्षमा ३६ जना र दाहाल–नेपाल पक्षमा २० देखिएका छन् । ५ सांसद भने खुलेका छैनन् । प्रदेशमा कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका एक सदस्य छन्  । प्रधानमन्त्री ओलीनिकट रहेका शंकर पोखरेलको लुम्बिनी प्रदेशको मुख्यमन्त्री पद पनि धरापमा परेको छ  ।

    नेकपा टुक्रिएपछि मुख्यमन्त्री पोखरेललाई सरकार टिकाइरहन ४४ सांसद आवश्यक पर्नेछ । नेकपाका रामबहादुर थापा र वामदेव गौतम कुन पक्षमा लाग्छन्, त्यसले पनि यहाँको समीकरणमा असर पार्ने देखिएको छ ।

    कर्णाली प्रदेश
    ४० सदस्यीय कर्णाली प्रदेशसभामा पूर्वएमालेका २०, पूर्वमाओवादीका १३, नेपाली कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । पूर्वमाओवादीका सांसद धर्मराज रेग्मीलाई महाधिवेशन आयोजक समितिमा राखेसँगै ओली पक्षका १३ र दाहाल–नेपाल पक्षका २० सांसद भएका छन् ।

    प्रचण्डका विश्वास पात्र महेन्द्रबहादुर शाही मुख्यमन्त्री रहेको कर्णाली प्रदेशमा यसअघि पूर्व एमाले एकजुट भएर उनलाई हटाउन खोजेपनि दाहाल–नेपाल पक्षधर मिलेपछि सो समिकरण भत्किएको थियो । अब नेकपा टुक्रिएसँगै कर्णाली सरकार पुनः धरापमा परेको छ ।

    सुदूरपश्चिम प्रदेश
    नेकपा फुटको असर सुदूरपश्चिम प्रदेश सरकारमा भने तत्काल नपर्ने देखिएको छ । सुदूरपश्चिममा ५३ प्रदेशसभा सदस्यमध्ये नेकपाका ३९ जना छन् । सुदूरपश्चिम प्रदेशसभामा नेकपाका ३९, प्रमुख प्रतिपक्षी कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना सांसद छन् । अहिले नेकपाका ६ जना सांसद मात्रै ओलीको पक्षमा खुलेका छन् ।

    सुदूरपश्चिममा प्रचण्ड पक्षका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । यद्यपी सुदूरपश्चिममा पूर्वमाओवादीका प्रभावशाली नेता लेखराज भट्ट ओली पक्षमा लागेकाले त्यहाँको राजनीतिक समिकरणमा केही फेरबदल आउनसक्ने देखिन्छ ।

    बुधबार, पुष ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.