सुदिप पौडेल, पाल्पा ।
राष्ट्रिय जनमोर्चा पाल्पाले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको संसद विघटनका विरुद्धमा आज तानसेनको आन्दोलन चोकमा विरोध कार्यक्रम सम्पन्न गरेको छ ।
Advertisement
कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्कीले ओली सरकारले गैर संवैधानिक कदम गणतन्त्रमाथि गरिएको प्रहार भएको भन्दै सरकाले गरेको यस कदमबाट धमिलो पानीमा माछा मार्न साम्राज्यवादी तथा प्रतिगामी तत्वहरु सक्रिय हुनसक्ने बताउनुभयो ।
यस्तै राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले प्रधानमन्त्रीको यो कदम नेपालको संविधानमाथिको हस्तक्षेप भएको बताउनुभयो । त्यो कदमप्रति राष्ट्रिय जनमोर्चाले व्यापक भण्डाफोर गर्ने उहाँले बताउनुभयो ।
