पुष्कर भट्ट, महेन्द्रनगर ।
राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभाको असामयिक विघटन गरिएको भन्दै सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा विरोध प्रदर्शन गरेको छ ।
कैलालीको अत्तरियामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सूदुरपश्चिम इन्चार्ज मनोज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको लागि गरेको सिफारिस घोर अप्रजातान्त्रिक तथा असंवैधानिक भएको बताउनु भयो ।

२०७४ सालको मंसिर महिनामा निर्वाचन भएको र त्यो निर्वाचन पछि फागुनको महिनामा सरकार बनेको स्मरण गर्दै उहाँले नेकपाले अहिले पनि २ वर्षसम्म सत्ता सञ्चालन गर्न पाउने अवधि बाँकी छँदाछँदै किन संसद विघटन गरियो भनि प्रश्न गर्नुभयो ।
कार्यक्रममा राजमो प्रदेश कोषाध्यक्ष केशवनाथ योगी, जिल्ला सचिव जगत जोशी, अखिल (छैठौं)का नेता टंक अवस्थि लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन डबल वोगटीले गर्नुभएको थियो ।
यता, प्रतिनिधि सभा विघटनको राष्ट्रिय जनमोर्चा कञ्चननपुरले पनि विरोध गरेको छ । बेदकोट नगरपालिकाको शिसैयामा जुलुश प्रदर्शनसहित राजमोले विरोध सभाको आयोजना गरेको हो ।

बेतकोट नगर समितिको आयोजनामा भएको कार्यक्रमलाई राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्की, तराई मधेश जनवादी मोर्चाका कहासचिव राजाराम चौधरी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडु,अखिल (छैठौं) का महासचिव महेश जोशी, राजमो जिल्ला सचिव अहिमान थापा, रक्तिमका जिल्ला अध्यक्ष लतिल चन्दलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
राजमो बेतकोट नगर अध्यक्ष कमल साहुको अध्यक्षता तथा अखिल (छैठौं) का जिल्ला सचिव पुष्कर भट्टको सञ्चालनमा सम्पन्न कार्यक्रमको स्वागत राजमो जिल्ला सदस्य गोबिन्द बोहराले गर्नुभएको थियो ।
