काठमाडौं । राष्ट्रिय जनमोर्चाले आकष्मिक रुपमा गरिएको संसद विघटनको विरोधमा देशब्यापी प्रदर्शनको तयारी थालेको छ । आज (सोमबार) काठमााडैं लगायत देशका विभिन्न भागमा विरोध प्रदर्शनको तयारी गरिरहेको राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।
आज दिउँसो ३ बजे काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा विरोध प्रदर्शन आयोजना गरिएको छ । कञ्चनपुरको दैजिमा विरोध सभा सुरु भएको छ भने कैलालीको अत्तरियामा दिउँसो तीन बजे प्रदर्शनको तयारी गरिएको छ ।
यस्तै, रुपन्देहीको भैरहवा, बागलुङको जैमिनी र सुर्खेतको बाबियाचौरमा विरोध प्रदर्शन तय भइसकेको छ भने अन्य जिल्लाहरुबाट जानकारी आउन बाँकी छ ।
राष्ट्रिय जनमोर्चाले हिजो (पुष ५ गते) मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आम निर्वाचन घोषणा गरेलगत्तै त्यस विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो ।
राजमोले विभिन्न जिल्लाहरुमा सरकारको कदमको विरोध गर्दै प्रदर्शन गरिरहेको महासचिव जनकराज शर्माले जानकारी दिनुभएको छ ।
यसअघि देशब्यापीरुपमा गणतन्त्रको रक्षा, संघीयता खारेजी, भ्रष्टाचारको विरोधलगायतका विषयमा तय भएको कार्यक्रमलाई पनि निरन्तरता दिँदै सो कार्यक्रम संसद विघटन विरुद्ध केन्द्रित गर्न लागिएको महासचिव शर्माले बताउनुभयो ।
पार्टीभित्रको झगडा मिलाउन नकेपछि संसद विघटन : केसी
संसद विघटनको सिफारिसप्रति नेकपा (मसाल) को कडा आपत्ति