काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने भएको छ । आइतबार बसेको नेकपा स्थायी समितिको बैठकले ओलीलाई अनुशासन कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लाने निर्णय गरेको छ ।
Advertisement
स्थायी समिति बैठकले पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक पुस ७ गते मंगलबारका लागि बोलाएको छ । बैठकले प्रतिनिधि सभा भंग गर्ने विषयमा कानुनी उपचार खोज्ने, सोमबार सांसदहरुसँग छलफल गर्ने निर्णय पनि गरेको छ।
प्रधानमन्त्री ओलीले हठात रुपमा संसद भंग गरेको, प्रतिनिधिसभामाथि निर्मम प्रहार गरेको, देश जनता र पार्टीलाई अन्धकारमा धकेल्ने र संविधानलाई असफल पार्ने कोसिस गरेको भन्दै सो कारबाही गर्ने प्रस्ताव गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।